गुराँस गाउँपालिकाको मुकाम निर्धारण गर्न मतदान गरिने


मौसम कुमार
चैत्र ५, दैलेख ।

दैलेख जिल्लाको गुराँस गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विषयमा निर्वाचित जनप्रतिनिधीहरु बाटै फरक फरक मत आएको छ । गाउँपालिकाको केन्द्र निर्धारणमा फरक मत आएपछि मुकाम निर्धारणको लागि कार्यपालिकाले मतदान वाट गाउँपालिकाको केन्द्र टुङ्गो लगाउने निर्णय गरेको हो ।

शनिवार बसेको वैठकले हाल कार्यालय बस्दै आएको घोडावासलाई नै केन्द्र बनाउने र केहि प्रतिनिधी तथा गुँरासेवासीले गुँरासे नै उपयुक्त रहेकोले मुकाम त्यहाँ हुनु पर्ने बताएका छन् । विवाद नमिलेपछि गाउँपालिकाले आउने चैत्र ८ गते गाउँ सभावाट उक्त विवाद टुङ्गो लगाउने भएको छ । मुकाम छनौटको विषयलाई मतदान लिन नहुने वडा नं ४ का वडा अध्यक्ष अड्गबहादुर शाहीले बिचार राख्नुभयो ।

संविधानमा स्थानिय तहको मुकाम ६ महिना भित्र टुङ्गो लगाईसक्नु पर्ने छ, नत्र पहिले तोकिएको अस्थाई मुकाम नै केन्द्र हुने प्रावधान रहेको छ । यसरी हेर्दा ८ गते टुङ्गो नलागे पहिलेको नै अस्थायी मुकाम रतिखोला हुने छ । साथै गाउँपालिकाले जङ्गलवाट निकासी हुने कच्चा पदार्थ खोटो निकाल्न रोक लगाएको छ । यस क्षेत्रमा अत्याधिक मात्रामा खोटो निकालिने भएकाले विरुवा सुक्न थालेपछि वातावरण स्वच्छ र वन जोगाई राख्न गाउँपालिकाले उक्त निर्णय गरेको हो ।