भीमसेन मन्दिर स्थापनाकालागि रकम जुट्दै


२४ माघ, सुर्खेत । नेवार जातीहरुको राष्ट्रि संगठन नेवा देय् दवु जिल्ला शाखा सुर्खेतले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा स्थापना गर्न लागेको  भिमसेन मन्दिरकालागि सहयोग रकम जुट्दै गएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बसोबास गर्दै आईरहेका नेवार समुदायहरुको कलासंस्कृति, भेषभूषा र भाषा संरक्षण हेतु नेवाःदेय् दबू जिल्ला कार्य समिति सुर्खेतको महाअभियान अन्तर्गत भीमसेन मन्दिर स्थापनाकोलागि नेवाःदेय् दबू सुर्खेतको चौथो अधिवेशनमा कबुल रकम आज स्थानीय लक्ष्मी श्रेष्ठले ५१ हजार ५ सय ५ र कान्ति मालीले रु ३५ हजार हस्तान्तरण गर्नुभएको दबुका सचिव बालकृष्ण श्रेष्ठले बताउनुभयो ।