
भावना हमाल ।
दैलेख,१ कात्तिक । दैलेखको भैरबी गाउँपालिका वार्ड नम्बर ७ मा रहेको मालिका मन्दिरमा श्रीमद्भभागवत सप्ताह ज्ञान महायज्ञ साथ संचालन भईरहेको छ । मालिका मन्दिर संरक्षण समिती भैरबी ६ र ७ द्धारा आयोजित महायज्ञमा हजारौं श्रद्धालु भक्तजनहरुले श्रीमद्भभागवत कथा श्रवण गरेका छन । मालिका मन्दिरको स्तरोन्नतिका लागि आबश्यक सहयोग रकम संकलन गर्ने उद्देश्यका साथ महायज्ञको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।
महायज्ञको उद्घाटन गर्दै कर्णाली प्रदेश सभा सदस्य मिनासिङ रखालले अहिलेको परिवेशमा धर्म सस्कृतिको जगेर्ना गर्नमा यो कार्यक्रमले टेवा दिने भन्दै आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

यसै गरी कर्णाली प्रदेश सभाका सदस्य हिम बहादुर शाहिले पनि कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रममा भैरबी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढा, उपाध्यक्ष पदम कुमारी बिस्ट, प्रमुख जिल्ला अधिकारी युबराज कट्टेल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो। कार्तिक ४ गतेसम्म संचालन हुने उक्त महायज्ञ श्री रामानुजदास सन्तोष र इन्दिरा अधिकारिले श्रीमद्भभागवत कथा बाचन गरिरहनु भएको छ भने विभिन्न रास्ट्रीय स्तरका कलाकारहरुले संगितमय भक्ती भजनबाट मनोरन्जन दिइरहनु भएको छ।



Milan Shrestha । १ कार्तिक २०७६, शुक्रबार ०८:५० बजे