स्थानीय निर्वाचनका स्वतन्त्र उम्मेदवार “रावत” काँग्रेस मै फर्किए


१९ कार्तिक, सुर्खेत । गत जेठमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट विद्रोह गरि वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ मा वडा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएका गोरख रावत पुनः नेपाली काँग्रेसमा फर्किनुभएको छ ।

स्थानीय निर्वाचनको वेला पार्टीको निर्णय विपरित उम्मेदवारी दिएपछि रावत नेपाली काँग्रेसको साधारण सदस्य समेत नरहने गरि कारवाहीमा पर्नुभएको थियो । हाल काँग्रेसको कार्य सम्पादन समितिले स्थानीय तहको निर्वाचनको वेला पार्टीको निर्णय विपरित स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई आगामी मंसीर ४ गते सम्पन्न हुने प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठवन्धनका उम्मेदवारहरुलाई विजयी गराउन सक्रियता पूर्वक लाग्न गरेको आह्वानलाई सकारात्मकरुपमा लिँदै पुनः नेपाली काँग्रेसमा फर्किएको रावतले विज्ञप्ती मार्फत जनाउनुभएको छ ।