महासंघको २१ औं साधारण सभा ।


सुर्खेत, २२ माघ
नेपाल पत्रकार महासंघ शाखा सुर्खेतको २१ औं साधारण सभा शुक्रबार वीरेन्द्रनगरमा समापन भएको छ । सचिव ललित वुढाले महासंघको बार्षिक प्रतिवेदन प्रस्तुत गरेक थिए । संस्थाका कोषाध्यक्ष टेकेन्द्र बिश्वकर्माले आर्थिक बर्ष २०७१÷२०७२ सालको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै आगामी बर्ष २०७२÷२०७३ सालको  प्रस्तावित आय, व्यय विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जिल्ला भरका विभिन्न गैर सरकारी संस्था, सरकारी कार्यालय, विभिन्न मिडिया हाउस, राजनैतिक दलका प्रमुख एवंम् प्रतिनिधिहरु को उपस्थित रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघकी केन्द्रिय सचिव संगिता खड्का पत्रकारीता पेशा चुनौती रहेको औल्याईन । नेपाल जस्तो सामाजिक स्तरमा महिलाहरुले पत्रकारी पेशा अंगालु हरेक तर्फबाट चुनौती रहेको बताईन् । महासंघको उद्घाटन समारोहमा संघका सह–सचिव दिपक बुढाले स्वागत मन्तव्य दिएका थिए । सम्पूर्ण सरकारी कार्यालयको तर्फबाट बोल्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासनिक अधिकृत हितप्रसाद पौडेलले अन्य जिल्लाको दांजोमा सुर्खेत जिल्लाका पत्रकारहरु सक्रिय र उत्कृष्ट रहेको बताए  ।उदघाटन समारोह संघका अध्यक्ष गणेश कञ्चन भारती र प्रमुख नेपाल पत्रकार महासंघकी केन्द्रिय सचिव संगिता खड्काको प्रमुख अथित्यतामा सम्पन्न भएको थियो । साथै साधारण सभामा सुर्खेत उधोग वाणिज्य संघका पूर्व अध्यक्ष सुर्यबहादुर खड्काले आमा विष्णुकुमारी खड्का र बुवा शंखबहादुर खड्काको  नामबाट रु २ लाख ५१ ह्जार १ सय ११ रुपैयाको शंखबहादुर–बिष्णुकुमारी पत्रकारिता अक्षय कोष गरेका थिए यसै गरी सभामा सिटिजन खानेपानी उधोगका संचालक भिमबहादुर भण्डारीले पनि स्वास्थय क्षेत्रमा कलम चलाउने पत्रकारहरुका लागी रु १ लाख ११ हजार १ सय ११ रुपैया बराबरको अक्ष
साधारण सभामा सुर्खेत जिल्ला पत्रकार महासंघका पूर्व अध्यक्षहरु पीताम्बर ढकाल, मोतीलाल पौडेल, चिरञ्जीवी अर्याल, श्रीधर पौडेल, कमलेश डिसी र  दुर्गाबहादुर थापालाई सम्मान गरीएको थियो  ।