दैलेखमा बाल विवाह वढ्दै


मौसम कुमार
चैत्र ७, दैलेख ।

दैलेख जिल्लामा बालबिवाह अन्त्यका लागि विभिन्न कार्यक्रमहरु भएतापनि वाल बिवाह वढ्दै गएको पाइएको एक सर्वेक्षणले जनाएको छ । केड सुर्खेतको अािर्थक सहयोग र महिला शसंक्तिकरण मञ्च नेपाल दैलेखको सहकार्यमा संचालन भएको महिला किशोरी तथा बाल अधिकार कार्यक्रम अन्र्तगत बालबिवाह गर्ने जोडि धेरै भएको पाइएको हो ।

बालविवाह सम्वन्धी कार्यक्रम हुँदा पनि आफ्नै घर परिवारद्धारा बालविवाहले निम्त्याउने समस्या, बालबिवाह गर्दा लाग्ने कानुनी सजायको वारेमा जानकारी नपाउदाँ जिल्लामा बालबिवाह गर्ने संख्यामा वृद्धि भएको हो । दुल्लु वडा नं. ११ कि अमृता तिवारीले आफु बालबिवाहको वारेमा जानकार नहुदाँ बालबिवाह हुने गरेको बताउँछन् । उहाँका अनुसार घरमा श्रीमान् काम गर्न नसक्ने र जन्मिएका छोरीहरु बिवाह गरेर गएपछि आफनो सहयोगको लागि आफुले छोराको बिवाह भएको हो । छोराको उमेर पुगेपनि बुहारीको उमेर पुगेको थिएन अहिले उमेर पुगेको २ वर्ष भयो । अहिले बुहारीलाई निरन्तर विद्यालय पठाइरहेको उहाँको भनाई छ ।

त्यस्तै बालबिवाह बढ्नुको प्रमुख कारणको रुपमा मोवाईल फोन, घर परिवारको दवाब, गरिवी, अशिक्षा, सामाजिक संस्कार, देखासिकी, कानुनी ज्ञानको कमि लगायतको कारणले बालबिवाह हुने गरेको छ । जिल्लामा महिला शसंक्तिकरण, एभरेष्ट क्लव, सामाजिक सेवा केन्द्र सोसेक, महिला तथा बालवालिका कार्यालयले बालबिवाह न्युनिकरणको लागि विभिन्न अभियानहरु चलाएका छन् । राज्यले बालबिवाह र छाउपडि प्रथाको बारेमा कितावी पाठ्यक्रममा समावेश गर्नुपर्ने वताउछन् महिला सशक्तिकरण मञ्च नेपालकी जिल्ला अध्यक्ष सुनिता चन्द । दैलेखमा बालबिवाह गर्नेको संख्या करिब सात सय भन्दा बढि रहेको छ ।