
अविरल ढकाल, जुम्ला
फागुन २२, पातारासी गाउँपालिका ७ की चैती बुढाले आफुलाई कुनै समयमा केही स्वास्थ्य सम्वन्धी समस्या परि आउँला भनेर स्वास्थ्य विमा गरेकी थिइन् । स्वास्थ्य विमाले गरिवलाई राहत दिन्छ होला सोचेको थिए, तर स्वास्थ्यमा केही समस्या आएपछि उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा जुम्लामा उपचार गराउँदा स्वास्थ्य विमाले भने जतिका र दिने भनेका स्वास्थ्य सुविधा नदिए पछि उनले नेपाल सरकारको स्वास्थ्य विमाले ठगेको बताइन् ।
गाँउ घरमा स्वास्थ्य विमा गराउँदा स्वंयसेवकले धेरै कुरामा सुविधा पाईने भने पनि आखिर स्वास्थ्यविमाले विमितलाई औषधी किन्न पठाउने गरेको समेत बुढाले बताईन ।
विरामी हुदाँ उपचार खर्चमा सहज होला भनेर स्वास्थ्य विमा गरेको थिए तर स्वास्थ्य विमाले सस्तो औषधी मात्र दिन्छ, महंगो औषधी मेडिकल बाट नै किन्नु पर्छ । “जति जोगी आए पनि कानै चिरेका” २५ सय रुपैँयाकफ विमा मार्फत ५० हजार सम्मको ३ हजार देखि माथिको स्वास्थ्य विमा गरे वापत ६० हजार सम्मको उपचार खर्च दिने व्यवस्था छ भनेर विमा गराए तर उपचार गराउँदा सिटामोल बाहेक अरु केही सुविधा दिएको छैन् । स्वास्थ्य विमाले गरिवको स्वास्थ्य उपचारमा पहुँच पुग्ने आशा लिएका थियौ तर स्वास्थ्य विमाले गरिवकै ढाड सेकेको चन्दननाथ ५ की जमुना सुनारले बताईन ।
जमुनाको १२ जनाको परिवारले स्वास्थ्य विमाको लागि ६ हजार रुपैँयाको स्वास्थ्य विमा गरेका थिए । ६ हजार रुपैँयाको विमा गरे वापत १ लाख २० हजार सम्मको उपचार खर्च स्वास्थ्य विमाले तिर्ने व्यवस्था समेत भएको भन्दै घरमा विमा गराए तर उपचार गर्न आउँदा सिटामोल दिने बाहेक अरु कुनै औषधी र उपचार खर्च स्वास्थ्य विमाले नदिने गरेको सुनारले बताईन् ।
स्वास्थ्य विमा गरे वापत हामी स्वास्थ्य विमीतले पाउनु पर्ने सुविधा दिनुहोस् भन्दा स्वास्थ्य विमाको कम्पनीमा जानु भने गरेको पनि विमित सुनारले सुनाईन् । स्वास्थ्य विमाले जुम्लाका सोझा जनतालाई सिधै ठगेको समेत जमुना सुनारले बताईन ।
चैती बुढा र जमुना सुनार त प्रतिनिधि पात्रमा मात्र हुन जुम्लाका स्वास्थ्य विमा गरेका सवै विमितको यस्तै गुनासो पोख्दै आएका छन् । कि त पहिले नै स्वास्थ्य विमा गर्दा ५० हजार सम्मको उपचार खर्च र नौ सय २८ प्रकारको औषधी स्वास्थ्य विमाले नै तिरी दिन्छ नभनेको भए हुन्थ्यो तपाई ढुक्क हुनुहोस् । उपचार बाट बञ्चित गरिवहरुलाई उपचारको पहुँच दिनको लागि स्वास्थ्य विमा नेपाल सरकारले सञ्चालन गरेको कार्यक्रम हो भने, तर आज स्वास्थ्य विमाले सुविधा नदिदा कहाँ गए विमा गराउँने एजेण्टहरु आफ्नो फाईदा लिनको लागि मात्र स्वास्थ्य विमा गरेका समेत चैती बुढा र जमुना सुनारले बताईन् ।
सरकारले स्वास्थ्य विमा गरे वाफत विमित व्यक्तिलाई दिने स्वास्थ्य सुविधा नदिएको भन्दै जुम्लाका स्वास्थ्य विमितले गुनासो पोखेका छन् ।
पाँच जना सदस्य भएको एक घर परिवारले २५०० रुपैयामा स्वास्थ्य विमा गरे वाफत पाउने ५० हजार सम्मको उपचार खर्च र ९ सय २८ प्रकारको औषधी पाउने सुविधा भए पनि सिटामोल मात्र दिइएर पठाउने गरेको पाइएको छ ।
स्वास्थ्य विमा गराउँदा गाँउमा स्वास्थ्य विमा गरेपछि सवै सुविधा पाइन्छ, भनेर गराएको हुदाँ अहिले उपचार गराउन आउँदा विमितले धेरै आशा लिएर आउने गरेको र कर्णाली जस्तो ठाँउमा खाद्यान्न त समयमा पुर्याउन सकिन्न भने औषधी कहाँ समयमा नै पुर्याउन सकिने मेडिकल डाइरेक्टर मिनराज बुढाले बताए ।
कतिपय औषधी विमा कार्ड भित्र पनि नपर्न सक्छ त्यसले गर्दा मेडिकल बाट किन्नु पर्ने हुन्छ, यसलाई विमितले स्वास्थ्य सुविधा र उपचार खर्च दिएको बुढाले भने । जुम्लामा सवै विमितहरुले यस्तै गुनासो आफुलाई सुनाउने गरेको समेत बुढाले बताए ।
जुम्लाका स्वास्थ्य विमितहरुले जुन विमा गर्दा भनेको सुविधा नदिएर नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रमले गरिब सोझा जनतालाई ठगेको भन्दै स्वास्थ्य विमा प्रति रुष्ट भएका छन् ।
नेपाल सरकारले स्वास्थ्य विमा कार्यक्रम जुम्लामा लागु भएको साउन देखि यता ११ हजार १ जनाले विमा गरेका छन् भने २८ सय ६६ जना विमितले स्वास्थ्य सुविधा लिएका छन् ।



Prawash Kumar Shakya । २२ फाल्गुन २०७४, मंगलवार १५:५२ बजे