Skip to content
प्रथम पर्यटन तथा साँस्कृतिक महोत्सव हुँदै
बिस्नप्रसाद न्यौपाने
चैत ७, कालिकोट ।
कालिकोट जिल्लाकोे पूर्वी क्षेत्रमा पर्ने एसियाकै अग्लो झरना पचालझरना ओझेलमा परेको छ । नेपाल पर्यटन बोर्डमा अभिलेख नभई प्रचार प्रसारको अभावमा ३ सय, ८१ मिटर अग्लो पचालझरना ओझेलमा परेको हो ।
जिल्लाकै ऐतिहासीक रमणिय पर्यटकिय स्थल पचालझरना जिल्लासदमुकाम मान्मबाट करीब डेडदिनको पैदल यात्रा पछि प्रत्यक्ष रुपमा अवलोकन गर्न सकिन्छ । एसियाकै सबैभन्दा अग्लो झरनाका रुपमा रहे पनि सम्बन्धित निकायहरुले चासो नदेखाउदा यो झरनाको प्रचार प्रसारका साथै उचित विकास हुन नसकिरहेको हो ।
आन्तरिक तथा बाह्य पर्यकलाई लोभ्याउने अनगिन्ति प्राकृतिक सौन्दर्यताले भरिपूर्ण झरना भएपनि यो झर्ना हालसम्म जिल्लाको पर्यकीय गन्तव्यको रुपमा विकास हुन सकिरहेको छैन । अग्ला अग्ला पहाडी हिम श्रृङखलाहरुको फेदमा कर्णाली नदीको दक्षिणतर्फ जिल्लाको पचालझरना गाँउपालिका वडा नं. ३ खाद्रुमा पर्ने ऐतिहाँसीक पचाल झरनाको उचित विकासका साथै राष्ट्रिय स्तरमा प्रचार प्रसार हुन नसक्नुलाई विडम्बना नै मान्नु पर्दछ । केही महिना अघि पचालझरना गाउपालिकाले आधिकारीक रुपमा गरेको सर्बेक्षणमा झरना खसेको ठाँउदेखी सिधै तल ठोक्कीएको ठाँउसम्म ३ सय, ८१ मिटर उचाई र ठोकीएको ठाँउबाट तल झरेको ठाँउको समेत दुरी लिदा ४ सय, ८१ मिटर अग्लो रहेको प्रमाणीत भएको छ ।
स्थानिय बिष्णुलाल न्यौपाने सानैदेखी अवलोकन गर्दै आएको उक्त झरना आफ्नो उमेर ढल्कीदासम्म यसको पर्यटन बिभागमा अभिलेख समेत नहुँनुमा चिन्ता ब्यक्त गर्नुहुन्छ । उहाँले कालिकोटको पचालझरना गुुमनाम हुनु नेपालकै पहिचान गुमेको अनुभुती हुने गरेको बताउनुभयो । यो ऐतिहासीक झर्नाको संरक्षण, विकास र प्रवद्र्धन गर्न सकिए कालिकोट जिल्लाकै पर्यटकहरुको मूख्य आकर्षक गन्तव्य बन्ने निश्चित रहेको उनको दाबी छ । तर पनि सरकारी निकाय, राजनीतक दल, स्थानीय पर्यटन व्यवसायी र सरोकारवाला निकायहरुको वेवास्ताका कारण पर्यटन व्यवसायको प्रचुर सम्भावना रहेको यो झरना गाँउघरे उख्खान कागलाई बेल पाक्यो हर्स न बिस्मात भने जस्तै भएको छ ।
पचाल झरनाबाट खसेको पानी करीब १० किलोमिटर ओरोलो बगेर कर्णाली नदीमा मिसिएको छ । प्राकृतिक मनोरम सौन्दर्यताले भरिपूर्ण यो झरना अवलोकन भ्रमणका लागि निकै आकर्षक देखिन्छ । स्थानियहरुका अनुसार यो झरनाको बिचमा ठुला ठुला गुफाहरु पनि छन् । सशस्त्र द्धन्द्धको समयमा बिद्रोही पक्षहरुले यिनै गुफाहरुमा हातहतियारको गोदाम बनाउने गरेका स्थानियको भनाई छ । यहाँका स्थानिय विद्यालयहरुले शैक्षिक भ्रमणमा बिद्यालर्थीहरुलाई लिदा यही झरनाको अवलोकन गराउने गरेको स्थानिय शिक्षक टिका उपाध्यायले बताउनुभयो । नेपालकै ऐतिहाँसीक तथा पर्यटकिय झर्ना संरक्षणको अभावले बिमूख भएको छ । कर्णाली करीडोर निर्माण भएसँगै लाफादेखी झरना सम्मको ग्रामिण सडक निर्माण भएपछि भ्रमण अवलोकनका लागि सहजता आउने स्थानियवासीको भनाई छ ।
पचाल झरनाको थप प्रचार प्रसारका लागि २०७५ साल बैसाख १ देखि ५ गते सम्म पचाल झरना गाउँपालिकाको आयोजनामा हाम्रो सँस्कृति हाम्रो स्वाभिमान पचाल झरना हाम्रो पहिचान, शुसासन विकास र सम्बृद्धि हाम्रो अभियान भन्ने मूल नारा सहित प्रथम पचाल झरना पर्यटन तथा साँस्केतिक महोत्सवको तयारीको अन्तिम चरणमा पुगेको पालिका अध्यक्ष खड्गराज सेजुवालाले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने महोत्सव पछि पचाल झरना विश्वसामू चिनिने पनि उहाँले बिस्वास ब्यक्त गर्नुभयो ।
Milan Shrestha । ७ चैत्र २०७४, बुधबार ०६:३५ बजे