
चैत्र ७, काठमाणडौ
बिभिनन् हवाइ सेवा कम्पनी सँगको छलफलमा संघिय संरचनामा प्रदेश राजधानी भइसकेको र स्थाइ नाम समेत तोकीसकेकाे सुर्खेतमा प्रदेश राजधानी देखी केन्द्र राजधानि सम्म हवाइ सेवा संचालन नभएको तितो एथार्थलाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारले हवाइ सेवा तुरुन्त संचालन गरिदिन भनी बिभिन्न हवाइ सेवा कम्पनी सँग छलफल गरेकाे छ ।

यसै क्रममा पहिला संचालन हुदै आएका हवाइ सेवाहरु यात्रुको अभावमा बन्द भएको र यात्रुहरुको माग बढेमा नियमित उडान गर्ने समेत प्रतिबद्धता जनाएका छन । अाफै बिकल्प खोजीरहेका बेला सरकारले नै आफै माग राखेपछी हवाइ सेवा कम्पनिहरु थप उत्साहित भएका छन ।
माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री रविन्द्र अधिकारीले कर्णाली प्रदेशको केन्द्र सुर्खेतमा हवार्इ सेवा संचलन गर्ने सम्बन्धमा बिमानसेवा कम्पनीहरुलाइ जतिसक्दो छिटो सेवा सुचारु गर्नुहोस कानुनी प्रकृया मिलाउने कुरा सरको जिम्मा हुनेछ भनेर निर्देशन दिनुभएको छ ।
सोही कार्यक्रममा कर्णाली प्रदेशका पर्यटन उद्योग बन तथा वातावरण मन्त्री नन्द सिंह बुढाले हीजोका दिनमा बिमान कम्पनीहरुले यात्रुहरु नपाएर उडान बन्द गर्नु पर्यो अव त्यो अवस्था नआउने कुरा लाई जोड दिदै सेवा सुचारु गरे सहयोग गर्न प्रदेश सरकार बटिबद्द हुने कुरामा जोड दिनुभयो ।
उक्त कार्यक्रममा नेपाल बायुसेवा निगमका प्रबन्ध निर्देशक सुबोधरत्न कंसाकारले मौजुदा जहाजबाट नै पन्ध्र िदनभित्र सेवा संचालन गर्ने र बुद्ध एयरले हामी हप्ता भरी नै स्वा संचालन गर्ने र अन्य कम्पनीहरुले पनी न दोहरीने गरी कम्तिमा एउटा उडान सुर्खेत काठ्माणडौ गर्ने कुरामा प्रतिबद्धता जनाएका छन ।



Milan Shrestha । ७ चैत्र २०७४, बुधबार १६:१७ बजे