जनहित सहकारीको बिशेष साधारण सभा


जनहित वचत तथा ऋण सहकारी संस्थाको विशेष साधारण सभा सम्पन्न भएको छ ।
६१ औँ सहकारी दिवशको, मुल नारा दिगो विकाश लक्ष्य प्राप्तिका लागी सहकारी भएको र सहकारी संंस्थालाई दिगो वनाउने उद्देश्यका साथ गुर्भाकोटमा संचालनमा रहेको ५ वटा संस्थाहरु एकिकरणको तयारी भइरहेको वेलामा पहिलो विशेष साधारण सभा सम्पन्न भएको हो ।
सहकारीको बिशेष साधारण सभाले बचत तथा ऋण सहकारीहरु माझ एकिकरणमा जाने निर्णय गरेको छ । सभाका अतिथी महिला सृजना वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गौतम हमाल र नमुना वचत तथा ऋण सहकारी संस्थाका सचिव किशोर शर्माले संस्थाको प्रगतीको एकिकरणको लागी शुभकामना दिनुभएको थियो ।
एकिकरण कार्यदलका सदस्य सचिव गोविन्द प्रसाद पौडेलले एकिकरणको सर्त तथा कार्यविधि प्रस्तुत गर्नुभयएको कार्यक्रममा , संस्थाका निवर्तमान अध्यक्ष तथा संस्थापक सदस्य श्री लिलाधर गिरीले थोरै पूजीवाट सुरु भएको संस्था आज ठुलो हुदै गएको र राज्य तथा सहकारीलाई व्यवस्थि गर्न एकआपसमा मिलि राम्रो तथा वलियो सहकारी निर्माणमा एकिकरणको विकल्प नरहेको वताउनु भयो , कार्यक्रममा सभाअध्यक्ष तथा यस संस्थाका अध्यक्ष श्री नविना थापाले संस्था गुर्भाकोट मात्रै नभई नेपालकै उत्कृट सहकारी वनाउने अभियानमा लागेको र उक्त अभियानलाई सहयोग गर्न सम्पूर्ण शेयर सदस्य ज्युहरु लाई अनुरोध समेत गर्नु भएको थियो ।