एक दिनमा २० हजार सम्मको माला पहिरिदिन्छन्
कृष्णराज धमाला
चैत्र ९, सुर्खेत ।
मनमा चाहा नाहुने हो र इच्छाशक्ति हुने हो भने कसैले साथ नदिए पनि प्रगतिको गन्तब्यमा पुग्न सकिदो रहेछ भन्ने उदाहरणको पात्र हुन् कमला धामी ।
कालीकोट जिल्ला सान्नी त्रिवेणि गाँउपालिका ६ मा २०५४ सालमा जन्मिएकी कमलाको वाल्यावस्था दुःमै बित्यो । १३ बर्षको उमेरमा उनलाई विवाह गर्नु पर्ने बाध्यता आइलाग्यो, जुन विवाह भनेको उनलाई जानकारी नै थिएन । कालीकोटमा जन्मिएकी कमलाको कैलालीमा विवाह भयो । वाल्यावस्था पनि पीडामा बिताउन बाध्य भएकी कमला बिद्यालय जाँदा देखि नै गीत संगितमा रुचि राख्छिन् तर उनलाई अवसर कहिल्यै मिलेन ।
विद्यालयमा अध्ययन गर्दैको बेला उनलाई अहिले पनि झल्झली याद आउँछ देउडा गीत नगाएकै कारण गुरुको चुटाई खाएको सम्झना । त्यो चुटाइको पीडाले उनलाई गीत नगाई बस्न पटक्कै दिएन । सानै उमेर घरबाट टाढीएर बिरक्तिएर बस्नुको पीडाले पनि उनलाई गीत संगित प्रति थप मोहीत बनायो । अनि सुरु भयो कमलाको गीत गाउने, गीत लेख्ने अनि देउडा खेलमा जम्ने । हाल खासमा देउडा खेलाउडीका रुपमा चर्चामा रहेकी कमलाले रचना गरेका गीतहरु रेकर्ड पनि भएकाछन् ।
कमलाले रचना गरेको पहिलो राकम बजार बोलको दोहोरी गीत रेखा जोशीले गाउनुभएको छ भने
न जाउ बाज परदेश, मकि लाग्छ डर
म एक्लै कसरी बसु, यहि बिराना घर
यो गीत पनि कमलाको रचना हो, छत्र शाहीले गाएको गीत हो ।
कालीकोट मान्मका डाँडा, मुगु राराताल
सञ्चो छकि बिसन्चो छ, के छ मायाजाल
यो गीत पनि कमलाले नै रचना गरेको गीत हो ।
कमलाले रचना गरेका अरु गीतहरु पनि छन् ति सबै गीतहरु भने रेकर्ड भइसकेका छैनन् ।
कमला दोहोरी पनि मजाले गाँउछन्, दर्शकको मन बुझाउने गरी सवाल जवाफमा पनि माहिर नै छन् ।
अछाम, जुम्ला, हुम्ला, बाजुरा, बर्दिया, कालीकोटका बिभिन्न ठाउँ, सुर्खेत महोत्सव, कैलाली, बझागं लगायतका जिल्लाका बिभिन्न ठाउँहरुमा पटकपटक देउडा खेलेर परीपक्क भएकि कमला देउडा आफ्नो पहिचान ठान्छिन् । भाषा, सँस्कृति जोगाउने अभियानमा लागेकि छु, कस्ले के भन्छ उनलाई वास्ता छैन, वास्ता छ त कमलालाई पश्चिमा छाडा गीतको साँटो आफ्नो सँस्कृति बचाई राख्ने अबिचलित यात्रा नै प्यारो छ ।
सुरुसुरुमा घरपरीवारले साथ नदिदाँ बिरक्तिएर घर छोडी बाहीर बस्दै आएकी कमलालाई आजभोली भने सबैले माया दिएकाछन् र साथ पनि । श्रीमान्ले यदि साथ नदिएको भए बिभिन्न जिल्लाहरुमा गएर कसरी खेल लगाउन सक्थे, कसरी महोत्सवहरुमा आफ्नो प्रतिभा प्रस्फूटन गर्न सक्थे, कमला थप्छन् श्रीमान्को अटुट् साथ पाएपछि अरु जो सुकैले जे भनुन् कुनै मतलव छैन, मतलवछ त कमलालाई देउडा सँस्कृति बचाई राख्ने दृघ इच्छा शक्तिमात्र ।
कमला गीत मार्फत आफू मात्रै सन्तुष्टि लिदिनन्, दर्शकलाई आनन्द दिन्छन् र गीत भनेरै मनग्य कमाई पनि गर्छन् । खेल लगाउदै गीत भन्दै जाँदा १ दिनमा २० हजार जति रुपैयाको माला हाल्दिएको उनको अनुभव छ । सायद गीत चित्त बुझेर होला रुपैयाँका माला लगाइदिन्छन्, कमाई पनि छ, सँस्कृतिको संरक्षण पनि भइरहेका उनी बताउँछन् ।
जुम्लाका पूर्णप्रसाद धिताल, कालीकोटका रणदिप ऐडि, गोर्ख शाही, लल्त शाही, कञ्चन शाही सँग खेल्दाको आनन्द कमला कहिल्यै बिर्सिदैनन् । अरुसँग खेल्दा पनि आनन्द आउँछ नै तर यीनिहरुसँग खेलेको बिर्षन सक्दिन, कमला भन्छिन् ।
https://youtu.be/Y-jcT-vvagY



Milan Shrestha । ९ चैत्र २०७४, शुक्रबार ०९:४१ बजे