जनकबहादुर शाही,
चैत्र–९, हुम्ला ।
हुम्ला जिल्लाको सदरमुुकाम सिमकोटमा संचालन गरीएका वालगृृह मापदण्ड विपिरित संचालन गरीएको पाईएको छ । विहीवार बाल कल्याण समिति हुम्लाले वाल गृहको अवस्थाका वारेमा गरेको अनुुगमनका क्रममा माया सदन नामक वालगृृह वालगृृह संचालन सम्वन्धि निर्देशिका वमोजिम नचलेको पाइएको हो ।
विगत केही वर्ष देखि सिमकोटमा वालगृृहका रुपमा संचालन भई रहेको माया सदनले वालबालीका पढाईदिने नाममा धर्मको प्रचार प्रसार गर्ने गरको जिल्ला वाल कल्याण समितिका अध्यक्ष एवं प्रमुुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो । स्पष्ट रुपमा वालगृृह संचालनका लागि निर्देशिकाले प्रष्ट पारेको भएपनि माया सदनले आवासिय बालगृह संचालन तथा ब्यबस्थापन सम्बन्धि मापदण्ड २०६९ को ४ अनुसार संचालन नगरेको पाइएकोले पहिलो पटक निर्देशिकाको मापदण्ड भित्र रहेर संचालन गर्न सचेत गराएको र वालगृृह संचालन गर्दा वालमैत्री शौचालय, धारा, भान्सा, पोषणयुक्त खानाको समय तालीका, बालबालीकाको पारीवारीक पृष्ठभुमी खुल्ने प्रोफाइल समेतको सामान्य ब्यबस्था नभएको प्रमूख जिल्ला अधिकारी शर्माको भनाई छ ।
अझ एउटा साँघुरो बेडमा पाँच जनासम्म वालवालिका सुताउने गरेको, झुुत्रो कपडा लगाउन दिएको, स्वास्थ्य जाँच जस्ता कुुराको अभिलेख नराखेको र सो गृृहमा प्राथमिक उपचारका लागि राखिएको किट वक्समा म्याद गुज्ज्रीएका औषधी रहेकोे जिल्ला अस्पतालका डाक्टर रन्जित कुुमार यादवले वताउनुभयो ।
सदनको बालगृहमा ९ जना वालिका र ११ जना वालक गरी २० जना बालबालीकालाई पठन पाठन भन्दा पनि वढि इसाई धर्मको प्रचार प्रसार गर्न लगाउने, जताततै इसाई धर्म प्रचारका पर्चा पम्पलेट राखिएकोे पाइएकोले यो पटक सचेत गरिएको र अर्को पटक पनि यस्तै पाईएमा सदनलाई खारेजीका लागि सिफारिस गर्ने महिला विकास अधिकृृत पुुनम रेग्मीले बताउनुभयो । जिल्लामा यो सहित ४ वटा बालगृह संचालनमा छन ।




Milan Shrestha । ९ चैत्र २०७४, शुक्रबार ११:१३ बजे