९ नं. वडाद्वारा बृद्धबृद्धाहरुलाई पौष्टिक आहार वितरण, कोरोना संक्रमितहरुलाई घरदैलो सेवा


११ जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ९ नं‌. वडा कार्यालय सुर्खेतले आज वडामा रहेका बृद्धबृद्धाहरुलाई पौष्टिक आहार वितरण गरेको छ ।

कार्यालयले कोरोना भाइरस कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै वडामा रहेका टोल विकास संस्थाहरुको समन्वयमा घरमा नै पुगेर पौष्टिक आहार वितरण गरेको ९ नं. वडा अध्यक्ष सुरेश मानन्धरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हामीले बार्षिक कार्यक्रम अनुसार वडाका बृद्धबृद्धाहरुलाई पौष्टिक आहार वितरण गरेका हौ त्यस्तै हामीले अहिलेकोको यो महामारीमा होम आइसोलेसनमा बस्नुभएका कोरोना संक्रमितहरुको घरमा नै पुगेर स्वास्थ्य जाँचको काम पनि शुरु गरेका छौं ।”

वडामा रहेका २ सय ७८ जना संक्रमितहरुलाई वडाको समन्वयमा स्वास्थ्य चौकीबाट सेवा दिँदै आइरहेको र हाल १ सय ४३ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य चौकी प्रमुख नरेश्वरी शाहीले जानकारी दिनुभयो ।