चैत १६ गते कर्णाली प्रदेश सभाको बैठक बस्दै


मिलन श्रेष्ठ
सुर्खेत, १० चैत ।
कर्णाली प्रदेशको, प्रदेश सभा बैठक यहि चैत १६ गते बस्ने भएको छ । प्रदेश संसद सचिवालयले सुचना जारी गरी चैत १६ गते शुक्रबार दिउँसो १ बजेका लागि बैठक बस्ने तय गरेको हो ।
बिजनेश नपाउँदा प्रदेश सभाको बैठक गत फागुन १५ गते बसेपछि अनिश्चितकालका लागि स्थगित भएको थियो । प्रदेश संसद सचिवालयका सचिव राजेश पौडेलले शुक्रवार कर्णाली प्रदेश सरकारको आर्थिक कार्यविधि सम्बन्धि विधयेक दर्ता भएपछि प्रदेश सभाको बैठक राख्न लागिएको जानकारी दिनु भयो । पौडेलका अनुशार शुक्रवार मात्रै सरकारको आर्थिक कार्यविधि सम्बन्धि विधयेक दर्ता भएको र बैठकका लागि कार्यसुचि तय हुदै गरेको हुदा बैठकमा कुन–कुन विषयमा छलफल गर्ने वारेमा हालै एकिन न भएको उक्त बिषयका वारेमा छलफल भईरहेको छ ।