लेकवेशीमा १ करोडको विपद व्यवस्थापन कोष


२३ चैत्र, सुर्खेत । लेकवेशी नगरपालिकाले १ करोडको विपद् व्यवस्थापन कोष तयार गरेको छ ।

विश्वभर फैलीएको कोरोना भाईरसका कारण लकडाउन भएको अवस्थामा गरिब, विपन्न,श्रमजीवी जनतालाई खाद्यान्नको समस्या भएको भन्दै नगरपालिकाको आईतवार बसेको कार्यपालिकाको बेठकले कोष स्थापना गर्ने निर्णय गरेको सुचना अधिकारी केशर डाङ्गीले जानकारी दिनुभयो ।

तत्कालै राहात वितरण गर्नु भएकाले कोष स्थापना गरिएको पनि सुचना अधिकारी डाङ्गीले जानकारी दिनुभयो । कोभिड-१९ का कारण प्रभावित क्षेत्रहरुको लागी राहत सुविधा प्रदान गर्ने नेपाल सरकारको मन्त्री परिषदको निर्णय कार्यान्वयन गर्ने कार्ययोजना अनुसार कोष स्थापना गरि राहत वितरण गर्ने तयारी नगरपालिकाले गरेको डाङ्गीले जानकारी बताउनुभयो ।

विपदको घडिमा उक्त कोषमा सहयोग गर्न चाहाने संघ संस्था, समुह तथा सहयोगी हातहरुलाई सहयोग गर्न नगरपालिकाले आह्वान समेत गरेको छ । नगर प्रमुख गगन सिं सुनारको संयोजकत्वमा ११ सदस्यीय कोरोना महामारी नियन्त्रण र व्यावस्थापन गर्न राहत वितरण, बजार अनुगमन लगायतका कार्यहरु गर्ने गरि नगर स्तरिय अनुगमन समिती गठन गरिएको छ । चैत २५ गते देखी राहत वितरण गर्ने तयारी समेत नगरपालिकाले गरेको छ ।

नगरपालिका क्षेत्र भित्र रहेका परिवारका सदस्यहरुलाई मात्र प्रतिव्यक्ती चामल ४ के.जी., दाल प्रतिपरिवार संख्याको आधारमा १ देखी २ के.जी. सम्म, नुन १ पाकेट, खाने तेल आधा लिटर उपलब्ध गराउने सुचना अधिकारी डाङ्गीले जानकारी दिनुभयो । यस्तै लेकवेशी नगरापलिका प्रवेश गर्ने नाकाहरु लकडाउन अवधी सम्म पुर्ण रुपमा बन्द गर्ने र नाका नाकामा हेल्थ डेस्क स्थापना गर्ने तयारि नगरपालिकाले गरको छ ।