मोटरसाइकल दुर्घटनामा १ जनाको ज्यान गयो


१० चैत्र । सुर्खेत । आज साँज करिब सवा ६ बजे तिर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको घुस्रा जाने बाटो कुन्टी नजिकै भे २ प ६५६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ ।

२ जना सवार मोटरसाइकल एयरपोर्टको तिनकुने चौकबाट घुस्रा जाने क्रममा अनियन्त्रित भै विधुतको पोलमा ठोकिएर दुर्घटना हुँदा १ जनाको घटनास्थलमा मृत्यु भएको सुर्खेत जिल्ला ट्राफिक प्रमुख प्रहरी नायव निरिक्षक कवी सेन्चुरीले बताउनुभयो ।

सेन्चुरीका अनुशार मोटरसाईकल दूर्घटनामा परि मृत्यु हुनेमा वीरेन्द्रनगर नगपालीका–१०, अलायचौर निवासी २१ बर्षिय बसन्त श्रीस रहेको र गम्भिर घाईते भएका ३० बर्षिय प्रेमबहादुर सलामीको स्थानिय देउती अस्पतालमा उपचार भईरहेको छ ।