पाल्पाबाट अपहरित युवतीको दैलेखबाट उद्धार


१५ चैत्र, दैलेख–वैशाख ११ गते सिदार्थ इन्चिच्यूट एण्ड मेडिकल टेक्नोलोजी पाल्पाबाट अनमीको परीक्षा सकेर कोठामा आए लगत्तै दैलेख अवलपराजल घर भएकी एक युवती अपहरणमा परिन्। एक मोटी महिलाले अनमी पढ्दै गरेकी निर्मला विसीलाई श्रीमानको फोटो देखाएर चिन्छौ भनेर सोधिन्।
आफ्नो श्रीमानको फोटो देखेपछि उनी छक्क परिन्। लगत्तै ती मोटी महिलाले पाउडरको धुलो सुघाएर निर्मलालाई बेहोस बनाइन् र, अपहरण गरिन्। निर्मलाले भनिन् ‘होसमा आउँदा जंगलमा बाँधिएको अवस्थमा थिए । शरीरको तल्लो भाग डोरीले बाँधेकाले चल्न नमिल्ने थियो।’ उनी भन्छिन्, ‘होस्मा आएपछि मेरो फोनमा दैलेख प्रहरीबाट डिएसपी सरले फोन गर्नु भो मैले मुस्किलने फोन उठाए अनि रानीमत्ताको टावर देखेको छु भनेपछि तत्कालै उद्धार भयो ।’ टावरदेखि १० मिनेटको दूरीमा प्रहरी चौकी रहेको छ।

परीक्षा सकेर कोठामा गए लगत्तै अपहरणमा परेकी युवतीको दुई दिनपछि खवर पाए लगत्तै दैलेख प्रहरीले आधा घण्टामै उद्धार गरेका हो। तर, प्रहरीलाई अपहरण गरेको आफन्तले २ दिनपछि मात्र खबर गरेका थिए। दैलेख प्रहरी प्रमुख डिएसपी वीरबहादुर ओलीले भने, ‘घरमा अपहरणको खवर थाहा भएपनि प्रहरीसम्म आउँदा ढिला आयो तर, खवर पाएको आधा घण्टामै युवतीको सकुशल उद्धार गरियो ।’ तत्कालै दैलेख प्रहरीले विशेष दस्ता खटाएर युवतीलाई उद्धार गरेको थियो। अपहरण गर्नुअघि पनि अपहरण गर्ने र मार्ने धम्की अपरहणकारीले मोवाइलबाट बारम्वार दिने गरेको पीडितले बताइन्। १ महिलासहित ३ जना पुरुषले अपहरण गरेर दैलेखको गोगनपानीको रानिमत्ता जंगलमा बाँधेर राखी फरार भएका थिए। लालीकाडाँ गाविसमा बस्ने माइती घरका बुवा सहवीर खड्कालाई अपहरणकारीले अपहरण लगत्तै प्रहरीलाई खबर गरे, दुई दिनभित्र १० लाख रुपैयाँ नदिए छोरीको ज्यान लिने धम्की दिएकाले प्रहरीसम्म ढिला आइपुगेको आफन्तले बताएका छन्। अपहरणमा परेकी युवतीले फोन उठाएर वरिपरिको लोकेसनसहित रानिमत्ताको टावर भनेपछि प्रहरीलाई खोजतलास गर्न सकिलो भएको डिएसपी ओलीले बताए । प्रहरीले अपहरणको खवर पाएलगत्तै पाल्पा र दैलेखमा तिव्र गतिमा अनुसन्धान गरेको थियो।

रानीमत्ता भीरमा काफलको बोटमा खुट्टा र हात बाँधेर छाडिएको अवस्थामा प्रहरीले युवतीलाई उद्धार गरेको थियो। ‘पाल्पामा आफुलाई अपहरण हुनुभन्दा १० मिनेट अघि अपहरण गर्ने धम्की आएको थियो,’उद्धार गरिएकी युवती निर्मला विसीले भनिन्, घरमा बुवालाई धम्की आएको कुरा सुनाए । केही बेरमै एउटी मोटी महिलाले मेरो श्रीमानको फोटो देखाएर बेहोस बनाई।’ अपहरण भएकी निर्मलाको श्रीमान् जगत विसी अवलपराजुल स्वास्थ्य चौकीका अहेव हुन्। श्रीमान श्रीमतीको एक डेढ वर्षदेखि सम्वन्ध राम्रो नभएको अनुसन्धानबाट खुलेको छ । युवतीको अपहरण रहस्यमय तरिकाले भएकाले कसरी भयो र संलग्न को को हुन् भनेर विस्तृत अनुसन्धान भैरहेको डिएसपी ओलीले बताए ।

साभारः नागरिक अनलाइन