राजनितिमा छलाङ्ग मार्दै गुरुङ्ग


१४ बैशाख, सुर्खेत । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगर नगरपालि वडा नं. ५ बाट नेपाली कांग्रेसबाट पुनः राजबहादुर गुरुङ्ग चुनावी प्रतिस्पर्धामा होमिनु भएको छ ।

वडा नं. ५ को वडा अध्यक्षको लागि विभिन्न दलबाट ७ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन कार्यतालिका अनुसार निर्वाचन आयोगले सोमवार अन्तिम उम्मेदवार मनोनयन दर्ताको मिति तोकेको थियो । गुरुङ्ग सँगै वीरेन्द्रनगरको वडा नं. ५ को वडा सदस्यमा नेपाली कांग्रेसका शुशिल भटराई, प्रेमबहादुर घर्तीमगर, मञ्जु कँवर योगी र शान्ति पहाडी कसेरा चुनावमा होमिनु भएको छ ।

को हुन गुरुङ्ग

२०१४ साल जेठ १४ गतेका दिन दैलेख जिल्लाको रतिखोलामा जन्मनु भएको गुरुङ्गले २०३३ सालमा एसएसी पास गरी भारतीय सैनिकमा कार्यरत रहि क्याप्टेन पदबाट अवकास भए पश्चात २०७४ सालको स्थानीय निर्वाचनबाट वीरेन्द्रनगर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष समेत रहनु भएका गुरुङ्ग सुर्खेतका चर्चित नेता हुनुहुन्छ ।

आफ्नो बुबाको प्रेरणाले सामाजिक सेवामा हात हाल्नुभएका गुरुङ्ग विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । गुरुङ्गले २०३३ सालमा जन उच्च मा.बि. वीरेन्द्रनगरबाट एसएलसी उत्तिण गरी जागिर गर्दे राजनीतिक यात्रा अगाडि बढाउनु भएको हो । दैलेख जिल्लाको रतिखोलामा एक भारतीय सैनिक परिवारका माईलो सन्तानको रुपमा जन्म लिई ५ कक्षा सम्म अध्ययन पश्चात् थप अध्यनका लागी २०२८ सालमा सुर्खेत आउनु भएको थियो ।

सुर्खेतमा जेठा बुवाको घरमा बसेर अध्ययन गरी एसएलसी उत्तिर्ण हुनु भएको थियो । सानै देखि पढाईमा तेजिला गुरुङ्ग अंग्रेजी र गणित बिषयमा राम्रो हुनु हुन्थ्यो । स्कुले शिक्षा हासिल गर्दे गर्दा  २०३२ सालमा बैवाहिक जीवनमा बांधिनु भएका गुरुङ्गले वैवाहिक जीवन पश्चात जीवन कालमा धेरै प्रगती गर्नु भएको छ ।

एसएलसी उत्तिण पश्चात् उहां दैलेख देखि ३ दिनको यात्रा पार गर्दे नेपालगंज, रुपैडिहा हुदै गोरखपुरमा गई भारतीय सैनिकमा भर्ति हुनु भएको थियो । गुरुङ्ग गृहणी श्रीमती संगै १ छोरा २ छोरीको वुवा हुनुहुन्छ । अहिले छोरा, बुहारीले सुर्याेदय बोडिङ्ग स्कुल संचालन गरेर बस्नु भएको छ भने छोरीहरु वैवाहिक जीवनमा बाधिएर गईसक्नु भएको छ ।

भारती सैनिकको क्याप्टेन पदबाट रिटाएर भएर आईसके पश्चात उहांले  राजनैतिक यात्रा सहित सामाजिक कार्यलाई सक्रिय रुपमा अगाडि बढाउनु भएको हो । बाल्यकाल देखि आफुले अध्ययन गर्दा समयलाई सम्झिएर समग्र जिल्ला र आफु वसोवास गर्दे आएको वडामा शैक्षिक,स्वास्थ्य क्षेत्रलाई प्रथामिकता दिदै आर्थिक बिकासमा बृद्धी गराउनु पर्दछ भन्ने उद्धेश्यका साथ  बोडिङ्ग स्कुल संचालन गर्नु भएको छ भने, जिल्लाकै पहिलो बैकको रुपमा स्थापना भएको काँक्रेबिहार बिकास बैक संचालन गरी ८ बर्ष बोर्ड अफ डाईरेक्टर रहि सक्नु भएको छ ।

राजनीतिमा छलाङ्ग

युवा अवस्थामै राजनीतिमा महत्वपूर्ण छलाङ्ग मार्न सफल गुरुङ्गले आफ्ना बुबाको प्रेणाले गर्दा धेरै कुराको अनुभव लिन पाउनु भएको हो । गुरुङ्गले गरिव तथा विपन्न जनताको जीवनस्तर बदल्नु पर्छ भन्ने सोचले जागिरबाट अवकाश प्राप्त गरे पश्चात राजनीतिमा हामफाल्नु भएको हो ।

गुरुङ्गसँगै कलेज पढेका सबै साथीहरु राज्यको महत्वपूर्ण विभिन्न अंगमा रहि कार्य गरिरहनु भएको छ तर, उहां भने जागिरे जीवन सकेर सुर्खेतमै बसी आफनो गाउँ ठाउँमा केही गर्नुपर्छ भनेर अठोट लिनु भएको थियो । २०३२ सालमा एसएलसी उत्तिण गरी भारतीय सैनिकको जीवन बिताए पनि उहांलाई थुप्रै अवसरहरु आएका थिए तर पनि उहांले स्वदेशमै धेरै अवसर देखेर नेपालमै बसेको बताउनु हुन्छ ।

उहां भन्नु हुन्छ, ‘चाहेको भए, जुनसुकै मुलुक पनि जान सक्थे । विदेशमा गएको भए, पैसा पनि कमाइन्थ्यो होला, तर उर्जाशिल समयजति विदेशमा खर्चेर वुढेस कालमा गाउँ आउनुको अर्थ हुदैन्थ्यो ।’ लोकप्रिय नेताको छवि २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा नं. ५ को अध्यक्षमा निर्वाचित भई सुर्खेतका लोकप्रिय नेता गुरुङ्ग विद्यार्थी जीवनबाटै सक्रिय राजनीतिमा लाग्नु भएको थियो ।

यस्ता छन्  विकासका एजेण्डा, मुद्धामा साझा प्रतिवद्धता

बढ्दो जनघनत्वका कारण वीरेन्द्रनगर नगरपालिका वडा नं. ५ मा खानेपानीको समस्या बिकराल बन्दै गएको छ । वडा सुहाउँदो गुरु योजना बन्न नसक्दा वडामा अव्यवस्थित सहरका रुपमा परिणत हुँदै गएको छ । अव्यवस्थित बजार व्यवस्थापन, सडक, विजुली, शिक्षा, स्वास्थ्य जस्ता पुर्वाधारहरु वडाका मुख्य चुनौतीहरु हुन् ।

गुरुङ्गको मुख्य योजना वातावरणमैत्री बसोवास पूर्वाधारको विकास गर्दै वडा नं. ५ लाई नमुना वडा बनाउँने रुपमा विस्तार गर्ने रहेको छ । मुख्यगरी कर्णाली प्रदेशको राजधानी सुर्खेतको मुटु वीरेन्द्रनगर संगै जोडिएको वडा भएता पनि,भौगोलिक र बिकासको हिसाबले यो वडामा धेरै गर्न बाकि रहेको छ । वडा नः ५ मा दलित समुदायको बाक्लो बस्ती रहेको हुँदा यस वडाबाट रोजगारीका लागी भारत लगायत अन्य राज्यहरुमा जाने संस्कारले गर्दा ती युवाहरुलाई रोजगारी प्रदान गरी आफ्नै स्थानमा उद्यमी बनाई आर्थिक क्षेत्रमा परिवर्तन गर्ने रहेको छ ।

सक्रिय राजनीतिको अनुभव सुनाउँदै गुरुङ्गले पार्टीभित्र समाज निर्माणको मुद्धाले ठाउँ नै नपाउँने, एउटा पार्टी हावी भएको ठाउँमा अर्को पार्टीले विकास निर्माणमा प्राथमिकता नदिने चलन छ, त्यो पनि हटाउनु पर्छ । विकास भनेको सवैको साझा हो, एउटा पार्टीलाई चाहिने अर्को पार्टीलाई नचाहिने होइन ।

विगतमा जे जस्तो भएपनि अब भने विकासका मुद्धहरुमा सबै पार्टीहरुको साझा प्रतिवद्धता गराउँने । वडा नं. ५ लाई जिल्लाकै नमुना वडा बनाउने प्रतिबद्धता रहेको छ । चाहे त्यो आथिक रुपमा होस, चाहे सामाजिक, चाहे पर्यटकिय, चाहे भौतिक सवै क्षेत्रमा वडा नं. ५ लाई नमुना नमुना वडा बनाउन पर्नेमा जोड दिनेछु अन्य वडाको दाजोमा वडा नं. ५ मा खेती योग्य जमिन प्रसस्त नभएता पनि आफ्नो वडामा सिपमुलक तालिमहरुको आयोजना गरि, बेरोजगार युवाहरुलाई रोजगा श्रृजना गराउने छु । यो वडा जंगल क्षेत्रसंग जोडिएको हुदा पशुपालनलाई व्यवस्थीत गदै आधुनिकीकरण गर्ने गर्नुपर्ने, र कृषकहरुलाई पशुपालनमा जोड दिदै पशुपालन पकड क्षेत्रकै रुपमा बिकास गर्नु पर्नेछ रहेको छ ।