सुर्यज्याेति उमावि शुभाघाटमा पुन नेपाली अध्यक्ष


अशोक राजी

३२ जेठ सुर्खेत

निवर्तमान विव्यास अध्यक्ष वृर्ष वहादुर नेपाली लाई पुनः तीन वर्षे कार्यकालकालागि विव्यास अध्यक्ष मा सर्वसम्मत चयन गर्दै सुर्यज्याेति उमावि शुभाघाट गङ्गामाला नगरपालिका एघार मेहेलकुना सुर्खेत काे अभिभावक भेला अाज जेठ 32 वत्तिस गते विद्यालयकाे प्राङ्गणमा सम्पन्न भएको छ ।

विद्यालय वेवस्थापन समिति का अन्य सदस्य हरुमा जयन्ती सुनार ,विमला वुढा र किशोर मिजार लाई सर्वसम्मत रुपमा चयन गरेकाे छ । तेस्तै सदस्य सचिव प्राचार्य हिकमत राेका र तीन जना सदस्य हरु नवगठित समिति ले मनाेनित गर्ने छ । तेस्तै अाजै सम्पन्न अभिभावक भेलाले वल्जित विककाे अध्यक्ष तामा 11 एघार सदस्यीय शिक्षक अभिभावक सघ समेत सर्वसम्वत चयन गरेकाे छ ।

शिक्षक अभिभावक सघका अन्य सदस्य हरुमा लक्ष्मी विटालु, रत्ना परियार ,अमृता विक , तील सरा मल्ल ,मेनुका विक ,टीका गौतम भिम कुमारी राेकाय ,विमला विक र विष्णु पुन लाई सर्वसम्मत रुपमा चयन गरेकाे छ । नव गठित विवेस पदाधिकारी हरु र शिक्षक अभिभावक सघका पदाधिकारी हरुलाई भेलाका प्रमुख अतिथि नेपाल राष्ट्रिय उच्च मावि वडाखाेलि का प्राचार्य ढालवहादुर खत्रीले टीका लगायर वधाईतथा सफल कार्यकालकाे सफलताकाे शुभकामना दिनुभएको छ।

त्यस्तै नवगठित विव्यास अध्यक्ष वृर्ष वहादुर नेपाली ले विव्यास अध्यक्ष जस्तो गरिमामय पदमा अाफुलाई पुनः सर्वसम्मत चयन गरेर अधुरो काम पूरा गर्ने सुनौलाे अवसर दिनुभएको मा सम्पुर्ण अभिभावक हरुलाई धन्यवाद ज्ञापन गर्दै ,विगतका दिनमा अाफुले अगाडि सारेका जतिसुकै अधुरा कामहरु पूरा गर्न कुनैपनि कस्रत वाकि नराख्ने र सवैकाे सहमति ,सहकार्य ,राय सुझाव अनुसार नै अाफु अगाडि वढ्ने , कक्षा वाह्र सम्मकाे विज्ञान सङ्कायलाई निर्तरता दिन सक्दाे पहल गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

नव निर्वाचित शिक्षक अभिभावक सघका अध्यक्ष वल्जित विकले अाफ्नाे भनाई राख्दै शिक्षक अभिभावक सघ जस्तो गरिमामय पदमा अाफुलाई अाजकाे अभिभावक भेलाले सर्वसम्मत रुपमा चयन गरेर काम गर्ने अवसर दिनुभएको मा सम्पुर्ण अभिभावब हरुलाई धन्यवाद दिदै अाफुले पायकाे पदमा रहि सवै सग सहकार्य गरेर विद्यालय र विद्यार्थी हरुकाे हितकाे निम्ति जस्ताे सुकै पहल कदम चाल्नुपरे पनि अाफु पछि नपर्ने र सवैकाे सहमति राय सुझाव अनुसारनै अापु अगाडि वढ्ने प्रतिवद्धता जनाउनु भएको छ ।

विव्यास अध्यक्ष वृर्ष नेपाली काे सभापतित्व तथा उ मा वि वडाखाेलिका प्राचार्य ढालवहादुर खत्री काे प्रमुख अातिथ्यतामा उक्त अभिभावक भेला सम्पन्न भएको थियाे । । विव्यास अध्यक्ष वृर्ष नेपाली काे सभापतित्व तथा उ मा वि वडाखाेलिका प्राचार्य ढालवहादुर खत्री काे प्रमुख अातिथ्यतामा उक्त अभिभावक भेला सम्पन्न भएको थियाे ।