चैत्र १२, काठमाण्डौ ।
नेपाल प्रहरीले ३०० थान लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित लागूऔषध कारोबारमा संलग्न २ जनालाई पक्राउ गरेको हो ।
ताप्लेजुङ आठै त्रिवेणी गाउँपालिका ७ स्थाई घर भई हाल काठमाडौं महानगरपालिका २६ मित्रनगर बस्ने २५ वर्षका लाक्पा शेर्पा र तेह्थुम लालिगुराँस गाउँपालिका ४ स्थायी घर भएका २१ वर्षका पासाङ शेर्पा पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनीहरूसँग एक÷एक सय थान नुफिर्न, फेनार्गन र डाइजेपाम फेला परेको प्रहरीले जानकारी दिएको छ ।



Milan Shrestha । १२ चैत्र २०७४, सोमबार ०६:५२ बजे