
पोखरा ।आफ्नो पार्टिका नेता कार्यकर्ता गिरफ्तारीमा परेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिले असोज २ गतेदेखि कास्की जिल्लामा सरकारी सवारी साधनहरु सञ्चालनमा रोक लगाउने बताएको छ ।आज पोखरामा पार्टिको तर्फवाट वोल्दै उक्त पार्टिको गण्डक व्यूरो इन्चार्ज सावित्री दुराले पार्टिका कार्यकर्ता तथा समर्थक र सर्वसाधारणको गिरफ्तारी धरपकड, अनावस्यक निगरानी, घर खान तलासी र झुट्टा मुद्धामा फसाउने राज्यको प्रतिकृयावादी षडयन्त्र भएको भन्दै तत्काल वन्द गर्नुपर्ने अन्यथा पार्टि प्रतिरोधतात्मक संघर्षमा उत्रिन बाध्य हुने बताइन् ।उनले आफ्ना कार्यकर्ताहरुलाइ विनाशर्त रिहाइ नगरे यहि आश्वीन ४ गतेदेखि प्रदेश नं ४ मा सरकारी सवारी साधनमा रोक लगाउने चेतावनी पनि दिइन ।
पत्रकार सम्मेलनमा वोल्दै पार्टिका पोलिट व्युरो सदस्य ओमप्रकाश पुनले आफ्नो पार्टिले पोखराको सस्तो बजारमा बम नराखेको स्पस्ट पार्दापार्दै राज्यले गरेको गिरफ्तारीले पार्टिले पनि दमनमा उत्रिने विरुद्ध वारेन्ट जारी गर्ने अभिव्यक्ती दिए । गत भदौ २६ गते सस्तो बजारमा अज्ञात समूहले राखेको बमलाइ नेपाल कम्युनिष्ट पार्टि विप्लव समुहसँग जोडेको र सोहि आरोपमा पर्टिका जिल्ला सेक्रेटरी नन्दलाल तिवारी, पार्टीका सदस्य सोमनाथ अधिकारी, वालकृष्ण अधिकारी, गोविन्द ओलि, लेकेन्द्र राई लगाएतका नेता कार्यकर्ताको गिरफ्तारीलाइ लिएर नेकपाले विरोधकाका कार्यक्रम बारे जनकारी दिन पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेको हो ।
साभारः नेपालगाथा ।



Milan Shrestha । १ आश्विन २०७४, आईतवार ११:०७ बजे