सर्वाधिक शतक रक्तदाता कर्माचार्य सम्मानित


काठमाडौं । राष्ट्रसेवक कर्मचारी समाजको आयोजनामा काठमाडौंको बालाजुस्थित बाईसधारा उद्यानमा विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यलाई प्रमुख अतिथि प्रख्यात चिकित्सक एवं सामाजिक अभियन्ता डा. केदार नरसिंह के.सी. र सभाध्यक्ष उदयकुमार राणाले संयुक्तरुपमा दाेसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।

सो अवसरमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार सेवाका निर्देशक पवनकुमार गुप्ता लगायत अन्य अतिथिहरूको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा महिला र पुरुष गरी जम्मा ३७ जना उत्साही स्वयंसेवकले रक्तदान गरेका थिए । कार्यक्रममा समाजका सक्रिय सदस्य विनोद न्यौपानेले संयोजन गर्नुभएको थियो ।