मोटरसाइकलको ठक्करबाट ट्राफिक प्रहरी घाइते


२६ फागुन । सुर्खेत । मोटरसाईकलको ठक्करबाट सुर्खेतमा ट्राफिक प्रहरी घाईते भएका छन् । बीरेन्द्रनगर नगरपालीका वडा नं. ७ गौजनी मोडमा मोटरसाइकलको ठक्करवाट ट्राफिक प्रहरीका जवान कुल बहादुर शाही घाईते भएका हुन । डिउटीमा रहेका ट्राफिक प्रहरी जवान कुल बहादुर शाहीलाई भे ७ प ४६५४ नम्बरको मोटरसाइकले ठक्कर दिदा घाईते भएका हुन ।
३ जना सवार रहेको मोटरसाइकलाई डिउटीमा रहेका ट्राफिक प्रहरीले रोक्न खोज्दा शाहीलाई ठक्कर दिएको सुर्खेका ट्राफिक प्रहरी प्रमुख कवी सेन्चुरीले जानकारी दिएका छन । ठक्कर दिने मोटरसाईकल चालक बीरेन्द्रनगर नगरपालीका ७ का १९ वर्षिय सुदिप थापा र पछाडी बस्ने १५ वर्षिय शिव कु बि.क. लाई प्रहरीले नियन्त्रणमा लिएको उनले वताए ।
मोटरसाइकलको ठक्करवाट घाइते भएका ट्राफिक प्रहरी शाहीलाई थप उपचारका लागी नेपालगञ्ज पठाइएको प्रमुख सेन्चुरी जानकारी दिए । मोटरसाइकलमा सवार अर्का नबराज देशवा फरार रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

साभार:देउतीखबर