गीत जन्म घर, अभिनय पछिको घर–मदनकृष्ण श्रेष्ठ


कृष्णराज धमाला
बैसाख १५, सुर्खेत ।

म गीतलाई जन्म घर र अभिनयलाई काठमाण्डौको घर ठान्छु यो भनाई हो मदनकृष्ण श्रेष्ठको । बरिष्ट कलाकार तथा लेखक श्रेष्ठले सुर्खेतमा आज सञ्चालन भएको एकदिने घुम्ति साहित्य महोत्सवका अबसरमा लेखक अमर न्यौपाने सँगको कुरानीका क्रममा यस्तो अनुभूति सार्बजनिक गर्नुभएको हो ।

आफूले गाएका गीतहरु, आफूले अभियन गरेका चलचित्र, टेलीसिरीयल, प्रहसन, आफूले लेखेको पुस्तकलाई फेरी स्मरण गर्दै श्रेष्ठले यदि अर्को जुनी पाइनेभए आफू मदन नै भएर जन्मिने मन भएको पनि बताउनुभयो ।

उत्ति मन छुने भावना, उत्ति ठट्टेउली पारामा शब्दबाँण, उत्ति पीडा त उत्ति खुसीका छालहरु बगाएर मदनकृष्णले महोत्सवका सहभागीहरुलाई सफल जीवनको शन्देश प्रबाह गर्नुभएको छ । हरेक बोलीमा हाँसोको खित्का छोड्न बाध्य सहभागीहरुले मदनकृष्ण श्रेष्ठको वास्तविक जीवन निकट्बाट बुझ्ने अबसर पाएकाछन् ।

तन्नेरी चासो र हाम्रो पुस्तक पसलको आयोजनामा भएको एकदिने महोत्सबमा यज्ञस र कलेन्द्र सेवुवाल, युग पाठक र रमेश बिष्ट, महेशबिक्रम शाह र दिनेश गौतम, शिवानी सिंह थारु र नयनराज पाण्डेका साथमा वासुदेव पाण्डे प्रभाकरका बारेमा पनि बुझ्ने अबसर प्रदान गरीयो ।

साँझ ६ बजे सम्म सञ्चालन हुने घुम्ती साहित्य महोत्सवको अन्त्यमा वाह गजलमा १२ जना गजलकारहरुले दमदार गजल पनि बाचन गर्नेछन् ।

लेखकहरुका बारेमा चर्चा गर्ने कार्यक्रमले पाठक र लेखक बिचको दुरी मात्रै कम गराएको छैन, लेख्नुको मजा, लेख्नुका फाइदा सँगै लेख्ने अभिप्रेरणा पनि थपेको सहभागीहरुले प्रतिक्रिया दिएकाछन् ।