
आज विहान सुर्खेतको पञ्चपुरी नगरपालिकामा मृत अवस्थामा फेला पर्नुभएकी १८ बर्षिय गौरीकला रोकायको हत्याको आशंकामा प्रहरीले तिन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी श्यासिंह चौधरीले घटना शंकास्पद रहेकोले तिन जनालाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको बताउनु भयो । टाउकोमा चोट लागेको छ । शरिरमा पनि चोट देखिएको छ’ अहिले नै के भएको हो भनेर हामीले भन्न सक्ने अवस्था छैन् । अनुसन्धान गरिरहेका छौँ ।’ डिएसपी चौधरीले बताउनुभयो ।
छात्राको हत्यामा संलग्न भएको आशंकामा दैलेख घरभई अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी हरि कोइराला, पञ्चपुरी–८ बाँझीगाउँका लक्ष्मीप्रसाद बास्तोला र खुमप्रसाद बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहान परीक्षा दिन जाने क्रममा अबेरसम्म कोठाको ढोका नखुलेपछि स्थानीयहरुले कोठामा गएर हेर्दा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । छात्रा सुर्यप्रकाश मावि पलैटे सालकोटमा अध्ययरत हुनुहुन्थ्यो । पञ्चपुरी नगरपालिकाको विद्याज्योति माध्यमिक विद्यालय पञ्चपुरी – ५ बावियाचौर परीक्षा केन्द्रबाट उहाँले परीक्षा दिइरहनुभएको थियो ।



Prawash Kumar Shakya । १३ चैत्र २०७४, मंगलवार १७:३६ बजे