कर्णाली प्रदेशको राजधानि सुर्खेतमा पाल्पा भैरव मल्टी सप्लायर्स सञ्चालनमा


सुर्खेत, ४ साउन । कर्णाली प्रदेशको राजधानि सुर्खेतको वीरेन्द्रनगरमा आज पाल्पा भैरव मल्टी सप्लायर्स सञ्चालनमा आएको छ । स्थानियहरुको लगानिमा संचालनमा आएको पसलको हालको लगानी रकम र क्रए क्षमता कम भएता पनि हाल ५० लाखको सामाग्री आयात गरिसकेको र केहि दिनमै थप सामाग्री भित्रिने संचालक काली प्रसाद शाक्यले जानकारी दिए ।
शाक्यका अनुशार हाम्रो लक्ष्य बजारमा प्रतिस्पर्धा गर्नु भन्दा पनि ग्राहकहरुको माग अनुशार सस्तो र गुणस्तरिय सामानहरु उपलब्ध गराउनु हो , कर्णाली प्रदेशको राजधानीमा आवश्यक सबै सामग्री उपलब्ध गराउनको लागि आफुहरुले व्यावसाय सञ्चालनमा समेत ल्याएको जानकारी दिए । २५ लाखबाट सुुरु गरेको र विस्तारै संस्थाको लगानी बढाउदै जाने उनको भनाइ थियो । मुख्य कार्यालय बुटवलमा रहेको सप्लायर्सले विशेष गरी घरायसी र कार्यालय प्रयोजनका सामग्रीहरु उपलब्ध गरीने शाक्यको भनाइ थियो ।

यसैगरी अर्का संचालक जीतेन्द्रमणि तुलाधरका अनुशार, आफुले समग्र कर्णाली प्रदेशलाई समेट्ने लक्ष्य सहित पाल्पा भैरव मल्टी सप्लायर्स संचालन गरेको र आफुले अन्य बाह्य देशहरु मलेशिया, चाईना र इण्डिायाबाट आयात गरी बजारमा ग्राहकहरुको चाहाना र समयानुकुल हरेक व्यक्तिले खरिद गर्न सक्ने गरी सामाग्रीहरु बिक्रि वितरण गर्न रहेको साथै सुर्खेतको बजारलाई ध्यानमा राखि यथाशिघ्र सामाग्रीहरु उपलब्ध गराउने उद्धेश्यका साथ बुटवलमा सामाग्री गोदाम गरि राखिने बताए ।

नेपाल उधोग वाणिज्य महासंघ, कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले रिभन काटेर पसलको उद्घाटन गर्नु भएको थियो ।