२८ भाद्र, पोखरा । नेपाल कमर्सियल आर्टिष्ट संघले शाक्य आर्ट सुर्खेतका कमर्शियल आर्टिष्ट सुभासकुमार शाक्यलाई संघको कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी दिएको छ । संघको हालै कास्कीको पोखरामा सम्पन्न दोश्रो केन्द्रीय बैठकले शाक्यलाई कर्णाली प्रदेशको प्रमुखको जिम्मेवारी दिएको हो ।
शाक्य संघको केन्द्रीय उपाध्यक्षसमेत हुनुहुन्छ । त्यस्तै बैठकले सुर्खेतमा अनुभव एडभरटाईजिङ्गका प्रोप्राइटर सन्तोषकुमार गुप्तालाई सूदुरपश्चिम प्रदेशको जिम्मेवारी दिएको छ कालीकोटका प्रेम विश्वकर्मा र सल्यानका टोपबहादुर डाँगीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । संघका केन्द्रीय अध्यक्ष यामचन्द्र सुव्वाको अध्यक्षतामा भएको बैठकले कमर्शियल आर्टिष्टहरुको व्यवसायिक हकहितमा पक्षमा काम गर्ने योजना बनाएको छ ।
देशभर कमर्शियल आर्टिष्टहरुको संख्या ५० हजार पुर्याउने, काठमाडौंमा मात्रै रहेको ललित कलालाई संघीय संरचना अनुसार प्रदेश स्तरमा स्थापना गर्न पहल गर्ने, प्रदेश तहमा आर्ट कक्षाहरु संचालन गर्नेलगायतका योजनाहरु बनाइएको बताइएको छ ।
स्मरण रहोस् व्यावसायिकरुपमा सुर्खेत जिल्लामा शाक्य आर्ट पूरानो संस्था हो । सुर्खेतमा शुरुवातताका भरत ढकालको भरत आर्ट र त्यसपछि जीवनकुमार शाक्यको शाक्य आर्ट सञ्चालनमा थियो । शाक्य आर्टले परिवर्तित समय सँगै केही बर्षदेखि फ्लेक्स प्रिन्ट, कप प्रिन्ट, टि-सर्ट प्रिन्ट, शिलालेख लेखाई लगाएको आर्ट सम्वन्धी विभिन्न सेवा दिँदै आएको स्व. जीवनकुमार शाक्यका छोरा कमर्सियल आर्टिष्ट सुभाषकुमार शाक्यले जानकारी दिनुभयो ।
Prawash Kumar Shakya । २८ भाद्र २०८१, शुक्रबार १२:५४ बजे