
पवन जायसवाल ।
नेपालगञ्ज (बाँके) । नेपालगञ्जमा आयोजित जिडिटल मिडियामा महिलाको सहभागिता बृद्धिका लागि समन्वयात्मक पहलको आवश्यकता रहेको एक कार्यक्रममा जोड दिइएको छ ।
सन्डे कल्बलाई निरन्तरता दिँदै क्रियाशील पत्रकार महिला बाँकेले नेपालगञ्जमा आयोजना गरेको डिजिटल मिडियामा महिला सहभागिता, अवसर र चुनौती बिषयक अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो कुरामा जोड दिएका हुन् । क्रियाशील पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीको अध्यक्षतामा कार्यक्रमको उदघाट्न गर्दे नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले डिजिटल मिडियामा महिला सहभागिता बृद्धिका लागि पहल थाल्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले पत्रकार महिलाहरुको आवश्यकता अनुसार डिजिटल प्लेटफर्ममा अग्रसर भएर लागि पर्ने पत्रकार महिलाहरुलाई विश्वास दिलाउनुभएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य झलक गैरेले डिजिटल मिडिया अहिलेको आवश्यकता भएकाले यसलाई कसरी सदुपयोग गर्ने र यसको प्रयोग कसरी गर्ने भन्ने कुरा मुख्य बिषय रहेको बताउनुभयो । उहाँले डिजिटल मिडियामा प्रस्तुत गरिने बिषय र प्रसंङ्गले धेरै प्रभाव पार्ने बताउनुभयो ।
कार्यक्रममा क्रियाशील पत्रकार महिला बाँकेका संस्थापक सचिव तथा पूर्व अध्यक्ष उमा थापा मगरले पत्रकार महिलाहरुले डिजिटल प्लेटफमको प्रयोग गर्दे आफूलाई दक्ष बनाएर अगाडी बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले पत्रकारिता गरिरहँदा देखिएका चुनौतीहरुलाई समाधान गर्दे डिटिटल प्लेटफमको प्रयोग गरेर संचार जगतमा पनि राम्रो संभावना रहेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष नीरज गौतमले समस्या भित्र संभावना खोजेर अगाडी बढ्नुको बिकल्प नरहेको बताउदै डिजिटल मिडिया अहिलेको जल्दोबल्दो बिषयभएको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव सरला सुवेदी ,नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविनगिरी, नेपाल प्रेस युनियन बाँकेका पूर्व अध्यक्ष अर्जुन वली, समाजबादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा, चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेल, अवधि पत्रकार संघ बाँकेका अध्यक्ष प्रलाहद विश्वकर्मा र ठकुरी पत्रकार समाजका अध्यक्ष करुणा शाह लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा डिजिटल मिडियामा महिला सहभागिता ,अवसर र चुनौतीका बिषयमा वरिष्ठ पत्रकार शंकर प्रसाद खनालले सहजीकरण गर्नुभएको थियो ।
उहाँले डिजिटल मिडियामा सहभगिता बढ्दै गएको अवस्थामा यसलाई भरपर्दे र सत्यतथ्यमा आधारित बनाउनुपर्ने कुरामा जोड दिनुभएको थियो । विश्वमा यसको प्रयोग बढेको र रुचाइएकोले पत्रकारिता क्षेत्रमा पनि यो सुहाउँदो र छरितो भएको धारणा राख्नुभयो । क्रियाशील पत्रकार महिला बाँकेले सन्डे क्लब अन्तर्गत नयाँ कार्य समिति निर्वाचित भइसके पछि पहिलो कार्यक्रम गरेको हो ।
यस पछाडी सन्डे क्लब अन्तर्गत ब्यक्ति विशेष सफलताका कथामा आधारित भएर गर्ने क्रियाशील पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीले बताउनुभएको छ । उहाँले डिजिटल मिडिया मार्फत सूचनामुलक सामाग्रीहरु प्रसारण गर्न सकिने भएकाले यसतर्फ पत्रकार महिलाहरुलाई आकर्षित गर्दे शसक्त बनाउने उदेश्य अनुसार कार्यक्रम गरिएको बताउनुभएको छ ।
Prawash Kumar Shakya । ८ माघ २०८१, मंगलवार २०:२७ बजे