सचिवालयमा २ जना कर्मचारीमात्र बाँकी
१० कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सचिवालयमा रहेका १० प्रहरी अधिकृतहरुलाई फिर्ता गरिदिएको छ ।
ति प्रहरी अधिकृतहरु आयोगका लागि काम नलाग्ने भन्दै प्रहरी हेडक्वाटर फिर्ता पठाएको अख्तियार स्रोतले बताएको छ ।यसअघि अख्तियारमा विज्ञको रुपमा नियुक्ति पाएका कार्कीकी छोरी आध्याश्री सहित १२ जना पनि हटाइएको थियो ।लोकमानसिंह कार्कीको सचिवालयमा रहेका ११ जना प्रहरीमध्ये डिएसपी दानबहादुर थापा बाहेक बाँकी सबैलाई हेडक्वाटर फिर्ता पठाइदिएको स्रोतको दावी छ ।
फिर्ता पठाइएका प्रहरी अधिकृतहरुमा इन्स्पेक्टरहरु ठगबहादुर केसी, जयश्वर रिमाल, रञ्जन दाहाल, रञ्जन बस्नेत, सुरज पौडेल लगायत छन् । यससँगै कार्कीको सचिवालयमा अब निजामती सेवाका एकजना एकजना अधिकृत र नायव सुब्बामात्र बाँकी छन् ।
साभारः अनलाइन खबर



Prawash Kumar Shakya । १० कार्तिक २०७३, बुधबार १२:४९ बजे