नेपाली सेनाका नक्कली परीक्षार्थी भेटिए


९९ प्रतिशत जुवा बन्द

अविरल ढकाल
चैत्र १३, , जुम्ला ।
नेपाली सेनाका नक्कली परीक्षार्थी सहित जुम्लामा ३० जनालाई प्रहरीले हिरासतमा लिएकोे छ । जुम्लामा सञ्चालन भएका विभिन्न परीक्षाका नक्कली परीक्षार्र्र्थी, जुवा खेलीरहेका व्यक्तिहरु, चोरी र लागु औषध सहितका विभिन्न ३० जना प्रहरी हिरासतमा परेका हुन् ।

शनिवार सम्पन्न भएको नेपाली सेनाको परीक्षामा अर्कैको नाममा परीक्षा दिने ४ जना, र सोमवार एसइइको गणित बिषयमा अर्काको परीक्षा दिने नक्कली परीक्षार्थी ४ जना, र जुवा खेलिरहेका १२ जना प्रकाउ पेरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । त्यस्तै पसल चोरी गर्ने १ जना र लागु औषध सहितका ३० जना जिल्ला प्रहरी कार्यालयको प्रहरी हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाले मंगलबार जुम्लामा गरेको पत्रकार सम्मेलन मार्फत पछिल्लो समयमा भएका गतिविधीहरुको जानकारी समेत सार्बजनिक गरेको छ । प्रहरीले जिल्लाको शान्ति सुरक्षा सामान्य भएको भन्दै कानून विपरित काम गर्ने ब्यक्तिहरुलाई पक्राउ गरि नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक डाक्टर तपनकुमार दाहालले जानकारी दिनुभयो ।
उहाका अनुसार उनिहरुलाई कानून अनुसार कार्बाही गरिएको छ । उहाँले भन्नुभयो, जुम्लामा चोरीका घटनाहरु देखी विभिन्न सामाजिक अपराधका काममा प्रहरीले दुईवटा विधिको अभियान थालेको छ । पहिलो प्रोयक्टिभ पोलिसि ( घटना पूर्वको सर्च) अर्को रियाक्टिभ पोलिसि (घटना पछिको सर्च) ले शान्ति सुरक्षाका गतिविधीहरु भइरहेका छन् । यसैगरी प्रदेश गृह मन्त्रालयको ४० वुद्धे शन्ति सुरक्षको अभियान अन्तरगत समेत कामहरु पनि तिब्र थालिएको उहाँको भनाई छ ।

प्रहरीले जुम्लाको सदरमुकाम खलंगामा ९९ प्रतिशत जुवा नियन्त्रण भएको दावी गरेको छ । पत्रकार सम्मेलनमा प्रहरी नायव निरीक्षक दाहलले भन्नुभयो, दशैंयता विभिन्न ४ चरणमा थालिएको नियन्त्रण अभियानमा ३० भन्दा बढि जुवाडेलाई कार्बााही गरिएको छ । यो अभियानमा यहाँको स्थानीय सरकार र वुद्धिजीविहरुको समेत सहयोग भएकाले खलंगामा ९९ प्रतिशत जुवा तास खेल्ने काम रोकिएको हो । यसैगरी अहिले पक्राउ परेकाहरु पेशेवार नभएर रहरका लागि खेलेको बयान आएपनि रहर गर्न जुवा र तास खेल्न समेत रोक्ने अभियानमा प्रहरी रहेको उहाँले बताउनुभयो । पछिल्लो समयमा प्रहरीको कडा सर्च अभियानले जुवा खेल्न भने जुम्लामा लगभग ठप्पै भएको छ ।