जुम्लामा कचहरी बन्दै



कृष्णराज धमाला
चैत्र १४, सुर्खेत ।

खस भाषा, सँस्कृति, भेषभुषा सँगै एकसय बर्ष अघिको जीवन शैली समेटिएको डकुमेन्ट्रि कचहरीको जुम्लामा छायांकनको काम सकिएको छ ।

मदन नेपालीको कथा लेखन, शक्ति परीयारको निर्देशन रहेको डकुमेन्ट्रिले एकसय बर्ष अघि जुम्लावासीको जीवन शैली झल्काउने छ । नवदत्त न्यौपाने र गीता कटुवाल सँगै हरीबाबु चौंलागाई, मन नेपाली, आरति बुढा लगायतका कलाकारहरुले पनि डकुमेन्ट्रिमा अभिनय गरेका छन् ।

जुम्ला जिल्लाको चौधबिस क्षेत्रमा दुई महिना बढि समय खर्चिएर छायांकन गरीएको डकुमेन्टि पोष्ट प्रोडक्सनको कार्य भइरहेको छ । डकुमेन्ट्रि सवा एक घण्टा लामो हुने निर्माण पक्षले जनाएको छ ।