
सुर्खेत,१ भदौ । शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न एक कार्यक्रमबाट सुन्दर नेपाल संस्थाको अध्यक्ष पुनः हेमप्रकाश भुसाल चयन हुनु भएको छ ।
सुन्दर, आदर्श र समुन्नत समाजको परिकल्पना,समाज बिकास, परिवर्तन र न्याय हाम्रो चाहना भन्ने मुल नाराका साथ शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न सुन्दर नेपाल संस्थाले २२ ओं चुनावी साधारण सभा बाट भुसाल सर्वसम्मत चयन हुनु भएको हो ।

आज सम्मपन्न कार्यक्रमबाट हेमप्रकाश भुसालकै अध्यक्षमा ७ सदस्यीय संचालक समिती चयन भएको छ जसको उपाध्यक्ष पूर्णा सापकोटा, सचिवमा हिरामणि पौडेल, सह–सचिवमा प्रेमराज पाठक, कोषाध्यक्षमा माया सापकोटा लामिछाने का साथै सदस्यहरुमा द्रोपता सुनार र मोहन सिं रानामगर सर्वसम्मत चयन हुनु भएको छ ।



Milan Shrestha । १ भाद्र २०७५, शुक्रबार १६:५५ बजे