उपकारको १० औं वार्षिक साधारणसभा


aaसुर्खेत, २ पुस । उपकार बहुउद्देश्यीय सहकारी  संस्था लि.को १० औं वार्षिक साधारणसभा शनिबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । “एकका लागि सबै र सबैका लागि एक” भन्ने मुल नाराका साथ साधारणसभा सम्पन्न भएको हो ।

सभामा संस्थाका सचिव यज्ञप्रसाद आचार्यले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले विगतमा गरेका विभिन्न कार्यहरुको बारेमा जानकारी दिए । सभामा संस्थाका कोषाध्यक्ष हरिजंग शाहले अर्थिक वर्र्ष २०७२÷०७३ सालको ५ करोड ८ लाख ५८ हजार ८ सय ९७ रुपैयाँ बराबरको आय÷व्यय प्रस्तुत गरे । साथै संस्थाले ७ लाख २८ हजार ९ सय ९६ रुपैयाँ शुद्ध नाफा गर्न सफल भएको जानकारी दिए । संस्थाले आगामी आर्थिक वर्र्षको लागि लक्षित ५ करोड ८१ लाख ४१ हजार ५ सय ६३ रुपैयाँँ बराबरको बजेट प्रस्ताव गरेका छन् । लेखा समिति संयोजक मिलन श्रेष्ठले लेखासुपरीवेक्षण प्रतिवेदन पेश गरेका थिए ।

साधारणसभाको अवसरमा संस्थामा आवद्ध विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ ।  कार्यक्रको अवसरमा गत आवमा उत्कृष्ट बचतको कारोबार गर्ने बचत कर्ताद्वय जानकी चौधरी, केशव पाण्डे, असल कर्जाको कारोबार गर्ने सदस्यद्वय दानबहादुर वली, पवित्रा वुढा, ऐच्छिक बचत गर्ने सदस्यद्वय गंगा कुमारी वली, सुस्मिता आचार्य साथै यस आर्थिक वर्षमा सर्वाधिक शेयर खरिद गर्ने शेयर सदस्यहरुः अन्जु के.सी.(गदाल), देवी कुमारी आचार्य मानबहादुर चौधरी, भूमी कुमारी वुढा र रत्ना सुवदीलाई प्रमाणपत्र सहित सम्मानित गरिएको थियो यसै गरी कार्यक्रममा संस्थाका प्रबन्धक शुभाष श्रेष्ठलाई यस वर्षको उत्कृष्ट कर्मचारीको रुपमा दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अथिति शिवबिहार बचत तथा ऋण सहकारी संथाका अध्यक्ष राजन प्रकाश शाक्यले नयाँ सहकारी ऐन आउने तरखरमा रहेको भन्दै नयाँ ऐनले सहकारी सञ्चालनमा आइपरेका बाधाहरुको समस्या समाधान गर्ने बताए । उनले सहकारी गरिबको सहयात्री भएकोले सबैले सहकारीमा आवद्ध भई खेर जाने सानो पुँजीलाई बचत गर्नुका साथै दैनिक जीवनस्तर उकास्नमा प्रयोग गर्न आग्रह गरे । साथै जिल्लामा रहेका सम्पूर्ण बहुउद्देश्यीय सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई बिभिन्न सिपमूलक साथै आय–आर्जन मूलक तालिमहरु दिनुपर्नेमा जोड दिए, यसो गर्न सकिएमा मात्र हरेक सहकारी संस्थाहरु बलियो भएर कारोबार गर्न सक्ने जानकारी दिए ।

उपकार बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बिष्णु बिक्रम जि.सीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष मिलन श्रेष्ठ र अध्यक्षहरु चन्द्रबहादुर बि.सी र स्वर्गीय गोविन्द्र आचार्यलाई दोसल्ला ओडाई सम्मान गरिएको थियो । सुन्दर नेपाल संस्थाका परियोजना संयोजक पदमबहादुर दलामी, साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष नरेन्द्रनाथ योगी, राष्ट्रिय सहकारी बैंक सुर्खैतका प्रबन्धक सागरनाथ योगी लगायतले मन्तव्य राखेका थिए । उपकार बहुउद्देश्यीय सहकारी संस्थाका सह–सचिव शशिप्रसाद आचार्यले सहजीकरण गरेको सो कार्यक्रममा संस्थाका संचालक सदस्य त्रिभुवन विसीले स्वागत मन्तव्य दिएका थिए ।