बस पल्टिदा २ को निधन ३३ घाइते


चैत्र १५, काठमाण्डौ ।

दक्षिणकालीबाट काठमाडौंतर्फ गइरहेको बस फर्पिङमा दुर्घटना हुँदा २ जनाको निधन भएको छ भने ३३ जना यात्रि घाइते भएका छन् ।

बा १ ख ९९९९ को दक्षिणकाली यातायातको बस सडकको खाल्डोका कारण अनियन्त्रित भएपछि बस दुर्घटना भएको हो ।

महानगरीय प्रहरीले दिएको जानकारी अनुसार मृतकको संख्या यकिन अझै हुन सकेको छैन । उद्धारमा ब्यस्त भएकाले थप पुष्टि हुन नसकेको हो ।