कर्णालीका कर्मचारीको अर्जुन दृष्टिले काम गर्नुपर्नेः मन्त्री के.सी.



२९ चैत्र, सुर्खेत । कर्णालीमा किसान सरकार हातेमालो कार्यक्रम संचालन हुने भएको छ । कर्णालीको गरिवी लाई अन्त्य गर्नका लागी किसान सरकार हातेमालो कार्यक्रम संचालन गरिएको सरकारका प्रवक्ता एवम भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश सरकारले प्रदेश भित्रका १० वटा जिल्लाका सबैभन्दा गरिब स्थानीय तह छनोट गर्ने र त्यसमा पनि गरिब वडा छनोट गरेर यहाँको गरिबी लाई अन्त्यको लागी गरिब गाँउमा नमुनाका रुपमा कार्यक्रम संचालनको थालनी गरिएको मन्त्री केसीले बताउनुभयो ।

यसैवीच कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम भुमी ब्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णालीका कर्मचारीको अर्जुन दृष्ट्रिले काम गर्नुपर्ने बताउनुभएको छ ।

प्रदेशको कृषि ब्यवसाय, प्रवर्द्धन सहयोग तथा तालीम केन्द्रद्वारा सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेश स्तरीय योजना तर्जुमा, कार्यविधि निर्माणाथ कार्यान्वयन सम्बन्धी तालीमको आज समापन गर्दै मन्त्री केसीले कर्मचारीले अर्जुन दृष्टिले जनताको काम गर्नु बताउनुभएको हो ।

“सबै भन्दा ठुला भनेका जनता हुन, राजनितिज्ञ, कर्मचारी तथा समाजसेवीले सबैभन्दा पहिला जनताको आवश्यकता र भावना अनुसार काम गर्नुपर्छ, “उहाँले भन्नुभयो । सबैभन्दा सर्वपरिहार्य जनता भएको हुनाले कर्मचारीले अर्जुन दृष्टिले जनताको सेवा गर्नु अहिलेको प्रमुख आश्यकता भएको मन्त्री केसीले बताउनुभयो ।

मन्त्री केसीले कृषिका सबै योजना तथा कार्यक्रमहरु वास्तविक किसान केन्द्रित हुन जरुरी रहेको जिकिर गर्नुभयो । विगतमा संचालन गरिएका कार्यक्रमहरु वास्तविक किसानसंग नभई विचौलिया र टाठाँ वाठाँहरुले प्राप्त गरेको भन्दै अबका कार्यक्रमहरु लक्षित वर्गसंग पुग्ने गरि संचालन गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो ।

कर्मचारीहरुले सरकारका काम र सेवालाई प्रभावकारी रुपमा जनतासंग जोडेर लिनु प्रमुख दायित्व भएको र तिनै तहका सरकारको उचित समन्वयवाट मात्र कर्णालीको विकास सम्भव हुने बताउनुभयो ।

मन्त्री केसीले भन्नुभयो तिनै तहका सरकार विच उचित समन्वय नहुदा योजना,कार्यक्रम तथा वजेटमा दोहोरोपना हुने हुदा अहिलेको प्रमुख आवश्यकता भनेको सबै विचको समन्वय हो ।

वजेट कार्यान्वयन तथा प्रदेश र स्थानीयतह विचमा उचित समन्वय तथा सहकार्य गर्न सहज होस भनेर मन्त्रालयले प्रदेश भित्रका सबै स्थानीयतहका कृषि तथा पशुसेवाका प्रमुखहरुलाई समन्वयात्मक बैठक तथा तालीमको आयोजना गरिने पनि जानकारी दिनुभयो ।

त्यस्तै कर्णाली प्रदेश सरकारका विज्ञ तथा कृषि विज्ञ डाक्टर कृष्ण पौडेलले कर्णालीलाई अर्गानिक प्रदेश बनाउन जनचेतनामुलक अभियान संचालन बताउनुभएको छ ।

जनस्तर र आम किसानले जव सम्म अर्गानिकको बारेमा बझ्दैनन् र रसायानिक प्रतिको बुझाई फरक हुदैन तब सम्म कर्णालीलाई अर्गानिक बनाउन कठिनाई हुने कृषि विज्ञ पौडेलले धारणा ब्यक्त गर्नुभयो ।

पहिलो जग भनेको किसान भएको भएकाले सरकारले सबैभन्दा पहिला ब्यसायिक किसानलाई अर्गानिकको महत्व र रसायनिक विषाधिको असरको वारेमा बुझाउनुपर्ने पौडेलको भनाई छ ।