अटो रिक्सा व्यवस्थीत गर्नका लागी प्रहरीको नियन्त्रण


 

सुर्खेत । सवारी चालक अनुमति पत्र र ब्लुवुक नभएका अटो रिक्सा प्रहरीले नियन्त्रणमा लिएको छ । बुधवार बिहान अचानक माथिल्लो निकायबाट आदेश आएपछि वीरेन्द्रनगरमा रूट परमिट विना मनपरी अटो रिक्सा सञ्चालन गरेको साथै हिन्दु धर्मावलम्बिहरुको महान चाड–पर्व नजिकिदै गर्दा सडका छेउछाउमा अव्यवस्थीत ढंगमा राखिएका रेक्साहरुलाई व्यवस्थीत गर्ने साथै रेक्सा चालकहरुलाई ट्राफिक नियम सम्बन्धि जानकारी दिने भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको हो ।
प्रहरीले ३०१ अटो रिक्सा नियन्त्रणमा लिएको छ । बाँकी बजारमा रहेका अटो रिक्सा नियन्त्रणमा लिने अभियान जारी राखेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख कवि सेन्चुरीले जानकारी दिए । उनले अटो रिक्सा चलाउन आवश्यक कागजपत्र विना चलाएको पाइएकाले नियन्त्रणमा लिएको बताए ।

स्रोत अनुसार प्रदेश ६ नम्बर प्रहरी कार्यालयका एआर्इजी रणबहादुर चन्दले निर्देशन दिएपछि अटो रिक्सा नियन्त्रणमा लिएको बतायो । अटो व्यवसायीहरुले मनपरी भाडा लिने, ओभर स्पिड सवारी चलाउने गरेको जनगुनासो आएपछि अटो रिक्सा नियन्त्रणमा लिएका प्रमुख सेन्चुरीले बताए । अटो रिक्सा मध्य ६ जनाले मात्रै वैधानिक रूपमा अटो रिक्सा चलाएको जनायो । प्रहरीले ति रिक्सा चालकलार्इहरूको कागज पत्र हेरेर फिर्ता गरेको थियो ।
बाँकी अटो रिक्सा अहिले जिल्ला प्रहरी कार्यालय परिसरमा छन् । अटो रिक्सा नियन्त्रण लिएको विषयमा ६ प्रदेश अटो व्यवसायिसंघका सचिव इन्द्रबहादुर वलीले जिल्लामा अटो रेक्साको चाप जिल्लामा बढ्दै गएता पनि जिल्ला स्थीत ३ वटा व्यवसायी संघमा करिब ३५० वटा मात्र दर्ता भई संचालन भएको बताए । वलीले भने, व्यवसायी संघमा दर्ता नै नभई संचालनमा भएका अटो व्यवसायीहरुकै कारण हामिले सास्थी खेपी रहेका छौं, हामीले वारम्वार दर्ता प्रक्रियामा आउन अनुरोध गरेता पनि मनपरी भांडा अशुलेर संचालन हुदां फाईदा हुने भएकै कारण प्रक्रियामा आएका छैनन् । वलीले थपे हामीले त रुट अनुशारको भाडा दर निर्धारित गरेका छौं । मंगलगढी–बांगेसिमल, मंगलगढी–धुलियाबिट सम्मको भाडा दर रु ३० कायम गरेका छौं यदि उक्त स्थान भन्दा भित्रि सडकमा जानु पर्नै भयो भने यात्रु र चालक बिचको समझदारीमा लिने गरेका छौं । स्रोत्रका अनुशार साँझ ५ बजेपछि मात्रै आफूहरूले आधिकारिक धारणा सार्वजनिक गर्ने व्यवसायीहरूको भनार्इ छ । यता, प्रहरीले भने, साँझ पाँच बजेपछि मात्रै उनीहरूलाइ छलफलमा बोलाएको जानकारी दिएको छ ।