महासंघ ६३ बर्षमा प्रवेश


साझा संस्था बनाउनु पर्नेमा जोड
चैत १६, सुर्खेत । नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ ६३ औं वर्षमा प्रवेश गरेको छ ।

महासंघको स्थापना दिवसको अवसरमा महासंघका अध्यक्ष गोविन्द आचार्यले बिज्ञप्ति जारी गर्दै सञ्चारकर्मी, प्रेस एबम् अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

जारी बिज्ञप्तिमा भनिएको छ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्र, नागरिक अधिकार, पत्रकारिताको संस्थागत विकास र श्रमजीवी पत्रकारको हकहितका लागि अग्रज पत्रकारहरूले सुरू गरेको गौरवपूर्ण इतिहाँसप्रति नेपाल पत्रकार महासंघ गर्व गर्दछ ।’

श्रमजीवी पत्रकारहरूका समस्या उस्ताका उस्तै रहेको अवस्थामा नेपाली सञ्चार उद्योगको संस्थागत विकास र श्रम अधिकारको स्थापनाका लागि सबैको साझा सरोकार हुनुपर्ने पनि बिज्ञप्तिमा उल्लेख छ ।

यसैविच महासंघ सुर्खेतले पनि स्थापना दिवश प्रभातफेरी गरेर मनाएको छ । मंगलगढी चोकबाट सुरु भएको प्रभातफेरि बजार परिक्रमा गरी पिपलचौतारीमा पुगेर कोणसभामा परिणत भएको हो ।

सभामा महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, शाखा सुर्खेतका अध्यक्ष गणेशकञ्च्न भारती, पूर्व अध्यक्ष मोतिलाल पौडेल, प्रेस सेन्टरका कर्णाली प्रदेश संयोजक ध्रुव बुढाथोकी, प्रेस युनियनका अध्यक्ष नरेशसिंह थापा, प्रेस चौतारीका अध्यक्ष सूर्यप्रकाश कंडेलले आआफ्नो शुभकामना व्यक्त गर्नुभएको थियो ।