५ जेठ सुर्खेत
निजि प्रबिधिक शिक्षालय महासंघ नेपालको कर्णाली प्रदेश स्तरीय भेला आज सुर्खेतमा सम्पन्न भएको छ ।
प्राबिधिक शिक्षा तथा व्यवसायीक तालिम परिषदबाट सम्बन्धन प्राप्त निजि स्तरका प्राबिधकि शिक्षालयको छाता संगठन निजि प्राबिधिक शिक्षालय महासंघले निजी क्षेत्रद्वारा संचालित प्राबिधिक शिक्षालयहरुको सम्पुर्ण हक हितकालागी परिषद र र िशक्षालय बिच सम्बन्ध जोडने सेतुको रुपमा भुमिका खेलने बताइएको छ ।
देश संघियतामा गइसकेपछी सबै निकायहरुको तिन तहको संरचनाको अवधारणा आए लगत्तै कर्णाली प्रदेशमा पनी यस महासंघको संरचना तयार पार्नका लागी सो भेलाको आयोजना गरेको बताइएको छ ।
कर्णाली प्रदेशमा संचालित प्राबिधिक शिक्षालयका संचालकहरुको एक भेलाले यही जेठ १९ गते हुने अधिबेशनको तयारीका लागी भेला सम्पन्न गरेको महासंघका केन्दीय उपाध्य धर्मराज गिरि ले जानकारी दिनुभएको छ ।



Milan Shrestha । ५ जेष्ठ २०७५, शनिबार ०९:२७ बजे