२८ श्रावण,सालकोट सुर्खेत । अन्तरास्ट्रिय युवा दिवसको अबसरमा गाबिस स्तरीय युबा संन्जाल सालकोटले महिला तथा बाल अधिकार संरक्षणमा युबाहरुको भुमिका बिषयक बक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । ९ जनाले भाग लिएको प्रतियोगीतामा अस्मिता पौडेल प्रथम, डिलु पाण्डे दितीय र भगवती बुढा तृतिय हुनु भएको छ ।
कांग्रेस नेता यज्ञ बहादुर बिसिको प्रमुख आतिथ्यता र गाविस सचिव तिलकराम अधिकारीको बिशेष आतिथ्यतामा भएको कार्यक्रममा आवाज संस्थाकी तुलसी खनाल, कांग्रेसका याम बहादुर बिसि, एमालेका धन बहादुर थापा, माओबादी केन्द्रका डिल्लिराम न्युरे, जनमोर्चा नेपालका थानेश्वर तिवारी, महिला सशक्तीकरण संन्जालका अध्यक्ष टीका कुमारी राना लगायतले आफनो भनाई राख्नु भएको छ । कार्यक्रम सालकोट गाबिस स्तरीय युबा संजालका अध्यक्ष भुमिका बयकको सभापतित्वमा भएको हो ।
साभारः राराखबर अनलाइन



Prawash Kumar Shakya । २८ श्रावण २०७३, शुक्रबार १५:५५ बजे