हिंसा घटाउन ज्ञापनपत्र मार्फत माग


असोज ८, सुर्खेत ।

पछिल्लो समय महिला र बालवालिका माथि हुने हिंसाका घटना बढेको भन्दै अन्तरपार्टी महिला सञ्जाल सुर्खेतले प्रधानमन्त्री केपि शर्मा वली समक्ष ज्ञापनपत्र बुझाएको छ । सञ्जालले आज एक कार्यक्रमकाबिच जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र मार्फत सञ्जालले हिंसाका घटना दोहोरिरहेको तर पीडकलाई कुनै कारवाही नभएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । देशभर भएका हिंसाका घटनाका दोषीलाई कुनै वाहनामा उन्मुक्ति दिन नहुने विप्तीमा उल्लेख गरिएकोछ ।

‘हरेक घटनाको गम्भीरतापूर्वक छानवीन गरि सत्य तथ्यका आधारमा सम्पूर्ण अपराधीहरुलाई कारवाही गरियोस्’ विज्ञप्तीमा भनिएको छ, ‘यस्ता घटना पुनः दोहोरिन नदिन प्रहरी र प्रशासनलाई अझै जिम्मेवार र संवेदनशिल बनाउनुपर्छ’ सञ्जालले विज्ञप्तीमार्फत संवेदनशिल घटनाहरुको गंभिरतापूर्वक कदम चाल्नको लागि माग गरेको अन्तरपार्टी महिला सञ्जालका सचिव यामुना सापकोटाले जानकारी दिनुभयो ।