तपाईको माक्स खोई ? पुनः सञ्चालन (भिडियोसहित)


फोटोः गणेश कार्की

१९ श्रावण, सुर्खेत । कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएपछि आजदेखि फेरी “तपाईको माक्स खै?” अभियान पुन सञ्चालन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेत, जिल्ला ट्राफिक कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत र सुर्खेत उद्योग बाणिज्य संघले संयूक्त रुपमा अभियानको सञ्चालन गरेको हो । प्रमुख जिल्ला अधिकारी छवीलाल रिजालले कोभिडको तेश्रो भेरियन्ट आउने संकेत संगसंगै देशका ठुला अस्पतालहरुमा आइसियू वेडहरुको अभाव हुन थालेको समाचारहरु आउन थाले संगै सतर्कता अपनाउन थालेको बताउनुभयो ।

कोरोनाको दोश्रो लहर केही ओरालो लागेर पुनः फेरी संक्रमण दर बढे संगै जनतालाई सचेतना एवं सुसुचित गराउनकालागि यो अभियान शुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी रिजालले भन्नुभयो “अब हामी बैठक बसी पुनः अनुगमनलाई तिब्रता दिनेछौ ।”

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, नगर प्रहरी कर्णाली स्वयंसेवक दल लगाएतको सहभागिता रहेको थियो ।

https://www.youtube.com/watch?v=7F4eic6DIQA