कालीकोटका तीन जना व्यापारी पुरस्कृत


बिस्नप्रसाद न्यौपाने
चैत १८, कालीकोट ।
कालीकोट जिल्लाको मान्म बजारमा मोबाई पसल सञ्चालन गर्दै आएका तीन जना व्यपारीहरु पुरस्कृत भएका छन् । यसै बर्षको दशै र तिहारको समयमा लाभा मोबाइल बिक्रि बितरणमा उत्कृष्ठ तीन जना सफल व्यपारीहरुलाई लाभा कम्पनीले दोसल्ला ओढाएर एक–एक ल्यापटव सहित पुरस्कृत गरेको हो ।

लाभा मोबाईलको डिलर अन्नपुर्ण ईलेक्ट्रोनिक्सका प्रतिनिधि शेरबहादुर थापाको अध्यक्षता तथा कालीकोट उद्योग बाणिज्य संघका अध्यक्ष सुर्यबहादुर शाहीको प्रमूख आतिथ्यतामा भएको पुरस्कार बितरण कार्यक्रममा जिएन मोबाईल कम्यूनिकेशन एण्ड मोबाईल ग्यालरीका प्रोप्राईटर सफल व्यवसायी नमराज बुढा, पवित्रा प्रकृति मोवाईल सेन्टरका प्रोप्राईटर डम्बरबहादुर खड्का र बम मोबाईल सेन्टरका प्रोप्राईटर पुर्णबहादुर बमलाई पुरस्कृत गरिएको छ । उनीहरु तीनै जना व्यापारी यस बर्षकै लाभा मोबाईल बिक्रि बितरण गर्नेमा उत्कृष्ट भएका हुन् ।

कार्यक्रममा कालीकोट उद्योग बाणिज्य संघका अध्यक्ष सुर्यबहादुर शाहीले उपभोक्ताको हितलाई ख्याल गरी व्यापार व्यवसायलाई अगाडी बढाउनुपर्नेमा जोड दिदै जिल्लाका तीन जना सफल व्यवसायीहरु पुरस्कृत भएकोमा बधाई दिनुभयो । कालीकोटका स्थानिय बजारहरुलाई थप व्यवस्थीत र उपभोक्तामैत्री बजारको विकास गर्नु आवश्यक भएको भन्दै अध्यक्ष शाहीले यसका लागि कालीकोट उद्योग बाणिज्य संघले पहल लिने बताउनुभयो । अब हामीले असल व्यापारीहरुलाई पुरस्कृत र गलत व्यापारीहरुलाई दण्डीत गर्ने कार्यका लागि पनि बिशेष अनुमगन गर्ने उहााले बताउनुभयो ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा स्टेशनरी व्यवसायी नन्दबहादुर शाहीले लाभा मोबाईल धेरै बिक्रि गरी कालीकोट जिल्लाकै तीन जना व्यापारी उत्कृष्ठ हुनु जिल्लाको गौरवको बिषय भएको बताउनुभयो । उहाँले यस कार्यले व्यापारीहरुका सकारात्मक प्रतिष्पर्धाका लागि पनि प्रेरणा दिने बिश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष तुलाराम पाण्डेले जिल्लाको आर्थिक बिकासका लागि नीजि क्षेत्रको पनि ठुलो भुमीका रहेको भन्दै कालीकोट जिल्लाको बजार व्यवस्थापनमा सबैले चासो दिनुपर्नेमा जोड दिनुभयो । उहाँले बिभिन्न स्थानिय बजारहरुका कानुनी रुपमा दर्ता नभएका पसलहरु पनि संचालन रहेकाले यसलाई उद्योग बाणिज्य संघले कडाई गरी प्रक्रियामा ल्याउनु पर्ने सुझाव दिनुभयो ।