
मिलन श्रेष्ठ
मध्य पश्चिमाञ्चल फिटनेश सेन्टरको आयोजनामा यहि भदौ महिना देखि संचालन भएको मिस ट्यालेन्ट २०१८ को उपाधि वीननपा १२ निवासी मन्जिता सोमै मगरले हात पार्न सफल भएकि छिन् ।

आज वीरेन्द्रनगरमा समापन भएको फाईनल कार्यक्रममा २८ जना सहाभागीहरुलाई पछि पार्दे मन्जिताले उक्र उपाधि हासि गरेकी हुन् । यसै गरी आज सम्पन्न भएको उक्त कार्यक्रमा वीननपा कि निशा थापा द्धितीय भएकि छिन् भने वीननपा–६ निवासी सरिता श्रेष्ठ तृतिय भएकि हुन् ।
मध्य पश्चिमाञ्चल फिटनेश सेन्टरका हेमन्त भूषालका अनुशार किशोर किशोरीहरुलाई पढाई संगै अतिरिक्त कृयाकलापमा आबद्धता गर्न उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको र सुर्खेतमा यो प्रतियागीमा पहिलो भएको बताए । भूषालका अनुशार यो कार्यक्रमलाई निरन्तरता दिने छौं । प्रतियोगितामा कुल २८ जना सहभागी रहेका थिए ।




Milan Shrestha । २८ आश्विन २०७५, आईतवार ००:२१ बजे