इप्सनको टेक्निकल मिट सम्पन्न


IMG_20170424_181157

सुर्खेत, ११ बैशाख ।
मर्केन्टाइल कम्पनीले सुर्खेतमा इप्सन ब्राण्डका सामानवारे विक्रेताहरुलाई प्राविधिक जानकारी दिएको छ । स्थानीय ज्वाला कम्प्यूटर सप्लायर्सको समन्वयमा गरिएको इप्सन टेक्निकल मिट कार्यक्रममा इप्सन ब्राण्डका प्रिन्टर, प्रोजेक्टरका वारेमा प्राविधिक जानकारी गराइएको हो ।
सुर्खेतमा इप्सन ब्राण्डका सामानहरु विक्रीवितरण गर्न सुरु भएको ८ बर्षपछि कम्पनीले पहिलोपटक विक्रेताहरुलाई प्राविधिक जानकारी दिएको ज्वाला कम्प्यूटर सप्लायर्सका संचालक सुदिप खड्काले बताए । पछिल्लो समय सुर्खेतलगायत पहाडी क्षेत्रमा इप्सन ब्राण्डका सामानहरुको प्रयोग बढ्दै गएको हु“दा त्यसवारे प्राविधिक जानकारी पनि आवश्यक पर्ने भएकोले यो कार्यक्रमको आयोजना गरिएको उनले बताए । विक्रेता र उपभोक्तालाई गुणस्तरीय सामान खरिद तथा विक्री गर्न प्रेरित गराउने कार्यक्रमको उद्देश्य रहेको उनले जनाए ।
कम्पनीका प्राविधिक टेकेन्द्र गौतमले यस कम्पनीका प्रिन्टरहरु विद्युत खपत कम गर्ने, खर्च बचाउने, मसी रिफिल गर्न सहज हुने, थोरै ऊर्जाबाट पनि संचालन, वातावरणमैत्री विशेषता भएको जनाए । कार्यक्रममा गौतमका साथै कम्पनीका सेल्स प्रमुख सुरज बस्नेत, प्राविधिक अक्कल खड्कालगायतले जानकारी गराएका छन् । इप्सन कम्पनीले पहिलो पटक प्राविधिक ज्ञान दिएको स्थानीय सहजकर्ता प्रवाशकुमार शाक्यले जानकारी दिए । कार्यक्रममा सुर्खेत, दैलेख र कालिकोटका गरी २५ जना विक्रेताहरुको सहभागिता छ ।