रारामा सुबिधा बढाउन आन्तरिक पर्यटकको आग्रह


कृष्णराज धमाला
चैत्र १८, सुर्खेत ।

स्वर्गकी परी भनेर बर्णन गरीएको रारा । राराको सुन्दरता हेर्न नाम सुनेका मानिसहरुलाई हतारो हुन्छ । पछिल्लो समयमा रारामा आन्तरिक र बाह् पर्यटकहरु भित्रिने र त्यहाँको मनोरम दृष्य हेरेर सन्तुष्टि लिने क्रमले तिब्रता पाइरहेको छ ।

जति राम्रो र जति बयान गर्न लायक छ रारा त्यति मात्रामा सुबिधा भने पाउन नसकिने पर्यटकहरुले गुनासो गरेकाछन् । ०७५ को बैसाख १ गते कर्णाली रारा पर्यटन बर्षको उद्घाटन गर्ने तयारी भइरहँदा पर्यटकहरुका लागि आबस्यकता पुरा गर्नेतर्फ भने कुनै चासो नदेखीएको आन्तरिक पर्यटकहरुले गुनासो गरेकाछन् ।

काठमाण्डौबाट रारामा लोभिन गएका आन्तरिक पर्यटकहरुको एक टोलीका सदस्य ब्यबसायी दिपकप्रसाद न्यौपानेले जत्तिको राराको सुन्दरता छ त्यतिको अन्य सुबिधा नभएको गुनासो गरे । कोहलपुर देखि रारा पुग्दा सम्म कति किलोमिटर हो, कुन ठाँउमा पुग्दा कति बाटो बाँकी रहन्छ त्यसको जानकारी नहुदा कठिनाई भएको उनको गुनासो छ । संकेत बोर्डहरु नराखीएको भन्दै न्यौपानेले कति समयमा कहाँ पुगिन्छ, खाना र वासको ब्यबस्था कहाँ सम्म तय गर्ने, गाडीमा कति फ्यूल आबस्यक पर्ने हो त्यसमा अनभिज्ञता हुँदा समस्या उत्पन्न भएको उनको अनुभव छ ।

बैसाख १ गते पर्यटन बर्षको उद्घाटन हुँदैछ, सबै हेलिकोप्टर चढेर जान सक्दैनन् न्यौपानेले भने त्यसका लागि आबस्यक पुर्बाधारहरु केही छैनन् । राराको नजिक पुगेपछि गाडी अगाडी नबढा मात्रै भन्छ, लामो पैदल यात्रा गर्नु पर्ने बाध्यतामा कमि ल्याउन पनि पहल नभएको उनको गुनासो छ । खान, बस्नको पनि उचित प्रबन्ध छैन, बाटोको स्तरबृद्धिका बारेमा पनि चासो देखिएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने पर्यटन बर्षलाई लक्षित गरी सडकको स्तरबृद्धि सँगै अन्य ब्यबस्था मिलाउनु पर्नेमा पर्यटकहरुले जोड दिएकाछन् ।