
सुर्खेत, २४ आषाढ। कम्प्युटर एशोसियशन नेपाल महासंघले प्राविधिक शिक्षा तर्फ यस बर्षदेखि छात्रबृतिको शुरुवात गरेको छ । आइतबार(आज) वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो । लर्ड वुद्ध एजुकेसन फाउण्डेसनको सहकार्यमा क्यानले देशभरका सातै प्रदेशबाट १–१ जना छात्रालाई पुर्ण छात्रबृति र ६ जनालाई आशिंक छात्रबृति प्रदान गर्न लागेको हो ।
ग्रामिण क्षेत्रमा समेत सुचना प्रविधिको विकास र सबै नागरीकहरुमा यसको सहजै पहुँच पु¥याउने उद्देश्यले उक्त छात्रबृति कार्यक्रम सुरु गर्न लागिएको क्यान महासंघ, कर्णाली प्रदेशका अध्यक्ष पूर्णदेव अधिकारीले जानकारी दिए ।
सातै प्रदेशबाट सबै ४९ जना विद्यार्थीहरुलाई १ करोड ८३ लाख ३६ हजार ५ सय रुपैयाँको छात्रवृत्ति प्रदान गर्न लागेको हो
सबै जिल्लास्तरका छनोट समितिबाट सिफारिस भएका विद्यार्थीहरुलाई प्रदेशलाई पठाउने र त्यसमा पनि उत्कृष्टलाई प्रदेशले संघमार्फत छनोट गरिनेछ् । छनोट प्रक्रिया पारदर्शी रुपमा हुने भन्दै मुख्यगरी छात्रवृत्ति गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरिएको क्यान महासंघका वरिष्ठ उपाध्यक्ष नवराज कुँवरले जानकारी दिए । छात्रवृत्ति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासिफिक युनिर्भसिटि अफ टेक्नोलोजी एण्ड इनोभेसनको एफिलेसनमा सञ्चालीत लर्ड बद्ध एकजुकेशन फाउण्डेसनमा स्नातक तह अन्तर्गत बि एस सी आईटीको अध्ययन गर्न पाउने छन ।
छात्रवृत्तिका लागि विद्यार्थीले मान्यताप्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित प्लस टु अर्थात सो सरह उत्तिर्ण गरेका विद्यार्थीले आवेदन दिन सक्नेछन् । साथै कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याई सीटीइभीटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेका विद्यार्थीले पनि आवेदन दिन सक्ने क्यानले जनाएको छ । छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको जिल्ला शाखा तथा महासंघको वेबसाइट www.can.org.np बाट पनि आवेदन दिन सक्ने छन् ।



Milan Shrestha । २४ असार २०७५, आईतवार १५:२१ बजे