प्रदेश प्रहरी द्वारा कारागारलाई किताब अभियान शुरु


  ३ पुस, सुर्खेत

कर्णाली प्रदेशमा रहेका कारागारमा पुस्तकालय स्थापना गर्न प्रदेश प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी अन्तर्गत कारागारलाई किताब अभियान मंगलबार देखी शुरु गरेको छ ।

कारागारमा रहेका कैदीहरूको पुस्तक मागलाई लक्षित गर्दै कर्णालील प्रदेश प्रहरी कार्यालयले कारागारलाई किताब अभियान सञ्चालन गरेको हो ।

प्रदेशका विभिन्न कारागारहरूमा रहने कैदीहरूले पुस्तकालयको माग गरेकाले उनीहरूलाई किताब उपलब्ध गराउन अभियान चलाईएको  प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक महेशविक्रम शाहले बताउनु भयो ।

कारागारमा रहेका कैदीहरूको पुस्तक अध्ययन गर्ने चाहनालाई पूरा गर्न अभियानले सहयोग पुग्ने प्रमुख शाहको भनाई छ ।

उहाँले समुदाय प्रहरी साझेदारी अभियान अनुसार उक्त अभियानमा विभिन्न व्यक्तिहरूले आफूसँग भएका किताब कारागारका लागि भनेर हस्तान्तरण गरिदिन आग्रह समेत गर्नु भयो ।

साथै डिआईजी शाहले विभिन्न सरोकार वालाहरुलाई पनि उत्त अभियानमा आवद्ध हुन अनुरोध गर्नुभएको थियो ।

अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागी मंगलबार डिआईजी शाहको नेतृत्वमा ११ सदसिय कारागारलाई किताब अभियान समिती समेत गठन गरिएको छ ।

उक्त ११ सदसिय कारागारलाई किताब अभियान समितीमा शुसिला श्रेष्ठ सह –संयोजक रहनु भएको छ ।

त्यस्तै सदस्यहरुमा डिएसपी योगेन्द्रकुमार खड्का, यज्ञ खत्री, कमल भुषाल, दुर्गा थापा, निर्मला केसी, प्रतिमा परियार, ज्योती कटुवाल, लक्ष्मी भण्डारि लगाए ११ जना विभिन्न संघ संस्थामा आवद व्यक्तिहरु आवद्ध रहनु भएको छ ।

किताब पढौं, जिवन बदलौ भन्ने मुल नाराका साथ सञ्चालित उक्त अभियानमा जिवन उपयोगी, सकारात्मक परिवर्तन हुने खाल्का कितास दिन समेत आग्रह गर्नुभयो ।