
नरेन्द्र बिहानी
को छ ? गाँउमा उ कस्को भरमा बस्छ
भएको सहारा एउटा सहरमा बस्छ
पाखुरा बजार्न जसले रत्ति मान्दैन
अभाब आएर उसकै घरमा बस्छ
कोही मनमा बसे कोही मुटुमा बसे
चेहेरा तिम्रो भने नजरमा बस्छ
एउटै सवालले मन खोतलिरहन्छ
भगवान किन यहाँ पत्थरमा बस्छ
नदी बग्छ सदैव नदीको ठाउँमा
अक्सर माँझी पनि बगरमा बस्छ



Milan Shrestha । १८ चैत्र २०७४, आईतवार १०:५३ बजे