गजल


 विद्या निर्दाेष पहाडी

यो मन दुखेको थियो हेर मुस्कुराउदै निस्किएँ
त्यो मन दुख्लाकि भनेर मुस्कुराउदै निस्किएँ

मृत्यु आएको थियो, अवशर आएको थियो
थाहा छैन कस्लाई भेटेर मुस्कुराउदै निस्किएँ

हजुर आएपछि न हो म निस्किन परेको
निस्किदा हजुरलाई सम्झेर मुस्कुराउदै निस्किएँ

जिब्रो थुतेर कठ्घरामा उभ्याइएको हो
जन्म कैदको सजाय पाएर मुस्कुराउदै निस्किएँ