
कमल बुढा कोपिला
भैदियो एक छिन त बाधक, कहाँ पुग्नुथ्यो
खुशि आयो गयो अचानक, कहाँ पुग्नुथ्यो
यहाँ रगत पनि आउँछ मान्छे पनि आउँछन
मुटु कहिल्यै भएन सजक, कहाँ पुग्नुथ्यो
यो दिलमा प्याला बोकेका फकिर जस्तै
कोहि आइदिन्छ्न् पटकपटक, कहाँ पुग्नुथ्यो
आउने जाने यो श्रींखलामा तिमि पनि आउ
र जाउ बजाएर दैलो ढकढक, कहाँ पुग्नुथ्यो
जब सपना बोकेर इन्सान सफरमा हिड्छ
तब भेटिदिन्छ कच्ची सडक, कहाँ पुग्नुथ्यो



Milan Shrestha । १८ चैत्र २०७४, आईतवार ११:०२ बजे